थप समाचारसोमबार, पौष २२, २०७०
दुर्घटनामा २ को मृत्यु
झापाको सतासीधाममा ट्रक र मोटरसाइकल आपसमा ठोक्किदाँ दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सतासीधाम–८ मा पश्चिमतर्फ गइरहेको ना ३ ख ८९७४ नम्बरको ट्रकले विपरित दिशाबाट आइरेको स ३ प ३१५१ नम्बरको मोटरसाइकललाई २२ पुस दिउँसो ठक्कर दिएको हो ।
दुर्घटनामा झापा, अनारमुनी–४ बस्ने २५ वर्षीय अनम अग्रवाल र भद्रपुर–६ बस्ने ३६ वर्षीय समरजित साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु मोटरसाइकलमा सवार थिए ।
ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।
