खेलकुदबिहीबार, पौष २५, २०७०

सुजल चम्किदाँ मनाङ विजयी, हिमालयनका नायक सुरज

हिमालखबर

ए डिभिजन लिगमा रानिपोखरी कर्नर टीम (आरसीटी)लाई हराउँदै मनाङले अग्रता कायमै राखेको छ । राजधानीमा २५ पुसमा मनाङले आरसीटीलाई चार–शुन्य गोलले हरायो ।

मनाङलाई जिताउन सुजल श्रेष्ठले महत्वपूर्ण भूमिका खेले । ५१ औं मिनेटमा सुलभ मास्केलाई गोलको अवसर श्रृजना गरिदिएका उनले ८३ औं मिनेटमा गोल गरे । दीपक राईले ९ र विदेशी खेलाडी युसुफले ८७ औं मिनेटमा गोल गरे ।

आरसीटीका खेलाडी मैदानमा नीरिह देखिए । उनीहरुले केही राम्रा मौका सदुपयोग गर्न सकेनन् ।

जीतसँगै मनाङको लीगमा नौ अंक भएको छ । प्रतियोगितामा उसको अग्रता कायमै छ ।

प्रतियोगितामा हिमालयन शेर्पा क्लबले विजय नतिजा आत्मसाथ गरेको छ । आफ्नो विजययात्रा कायम राख्ने क्रममा हिमालयनले ब्वाइज युनियन क्लबलाई एक–शुन्य गोलले हरायो ।

हिमालयनका लागि सुरज हमालले ५५ औं मिनेटमा गोल गरे । जारी लिगमा हिमालयन क्लबको अंक ७ पुगेको छ ।

प्रतियोगितामा २६ पुसको खेल नेपाल आर्मी र नेपाल प्रहरीबीच हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>