खेलकुदशुक्रबार, पौष २६, २०७०

नेपाल चार रनले पराजित

हिमालखबर

वान डे विश्वकप क्रिकेट छनौटका लागि न्युजिल्याण्डमा रहेको नेपाली राष्ट्रिय टीम नामिबियासँग पराजित भएको हो । न्युजिल्याण्डको क्राइस्टचर्चस्थित बरउड पार्कमा नेपालले २६ पुसमा २३२ रनको लक्ष्य भेट्टाउन सकेन ।

नेपालले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २२७ रन मात्रै बनाउन सक्यो । नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ६५ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन । वसन्त रेग्मीले ३९, सागर पुनले २१, शरद भेषवाकरले २०, अनिल मण्डलले १९, पृथु बास्कोटाले १३ र शक्ति गौचनले नटआउट १० रनको योगदान गरे । महेश क्षेत्री एक रन बनाएर आउट भए भने सोमपाल कामीले नटआउट ९ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले सबै ओभर खेल्दै ९ विकेटको क्षतिमा २३१ रन जोडेको थियो । नेपालका सोमपाल कामीले दुई मेडन राख्दै ४ विकेट लिए । उनले ६० बल खर्चिएर मात्र ३६ रन दिए । वसन्त रेग्मीले ५४ बल खर्चिएर ४४ रन दिएका वसन्त रेग्मीले २ विकेट झारे । जीतेन्द्र मुखिया, सागर पुन र पृथु बास्कोटाले एक–एक विकेट आफ्नो नाममा लेखाए ।

आईसीसीको आधिकारीक अभ्यास खेलमा नेपाल २७ पुसमा केन्यासँग भिड्नेछ ।

आईसीसी वान डे विश्वकप क्रिकेट छनौट २९ पुसदेखि १८ माघसम्म न्युजिल्याण्डमै हुँदैछ । प्रतियोगिताको समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेल २९ पुसमा यूएईविरुद्ध खेल्दैछ । समूह ए मा स्कटल्याण्ड, क्यानडा र हङकङ छन् ।

छनौट खेलमा शीर्ष दुईमा रहने टीमले सन् २०१५ मा न्युजिल्याण्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गर्ने वान डे विश्वकपमा सहभागिता जनाउने छन् भने शीर्ष चारभित्र पर्ने टीमले वान डे मान्यता पाउने छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>