खेलकुदशुक्रबार, पौष २६, २०७०
बिमल घर्ती मगर सम्मानित
तनसेनको फुटबल क्लब युथ युनियनले बिमललाई सम्मान गरेको हो । उनलाई २६ पुसमा पाल्पाली ढाका टोपी। क्रुवा र खादा लगाएर सम्मान गरियो ।
यु–१६ राष्ट्रिय टीमका कप्तान समेत रहेका स्ट्राइकर बिमललाई पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र क्लबका अध्यक्ष अच्युत खनालले सम्मान प्रदान गरे ।
प्रतिभाको कदर गर्दै बिमललाई सम्मान गरिएको क्लबका अध्यक्ष खनालले बताए । उनीसँगै तानसेनका खेलाडी आकास थापा, किरण सुनार र जनम लिगल पनि सम्मानित भएका छन् ।
क्लबले राष्ट्रिय टीमका पूर्व गोलरक्षक उपेन्द्रमान सिंहलाई पनि विशेष सम्मान गरेको छ । कार्यक्रमपछि पाल्पाली खेलाडी र मध्यपुर युथ एसोसियसनका खेलाडीबीच मैत्रीपूर्ण फुटबल खेलसमेत भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
