खेलकुदशुक्रबार, पौष २६, २०७०

आहा रारा गोल्डकप २० फागुनदेखि

हिमालखबर

हिमश्री फुड्स प्रालिको उत्पादन रारा चाउचाउको मुख्य प्रायोजन र सहारा क्लब पोखराको आयोजनामा २० फागुनदेखि १ चैतसम्म प्रतियोगिता हुनेछ । २६ पुसमा पत्रकार सम्मेलन गरेर पोखरा रंगशालामा प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने नाराका साथ क्लबले यस बर्ष आयोजना गर्ने लागेको उक्त प्रतियोगिताको तयारी समेत सुरु गरेको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए । क्लवका पूर्व अध्यक्ष विक्रम थकालीले यस बर्षको आहा रारा गोल्ड कप संविधानसभा चुनाव तथा राष्ट्रिय लिग संचालन भएकोले फागुनमा सरेको बताए ।

मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसीले क्लवले आयोजना गर्दै आएको उक्त प्रतियोगितालाई सफल पार्न आफुहरुले विगतका बर्षदेखि सहयोग गर्दै आएको बताउदै सहयोगलाई निरन्तता दिने बताए । ११ दिनसम्म संचालन हुने उक्त प्रतियोगितामा ए डिभिजन क्लब, विदेशी टिम, आयोजक गरी १२ टिमको सहभागिता रहनेछ । क्याराभान गोल्ड कपसहित क्लबको उक्त प्रतियोगिता १३ औं संस्करण हो ।

माधव बराल, पोखरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>