खेलकुदशनिबार, पौष २७, २०७०

दोस्रो अभ्यास खेलमा नेपाल पराजित

हिमालखबर

वान डे विश्वकप क्रिकेट छनौटका लागि न्युजिल्याण्डमा रहेको नेपाली राष्ट्रिय टीमले आफ्नो दोस्रो अभ्यास खेलमा पनि हार व्यहोरेको छ । न्युजिल्याण्डको क्राइस्टचर्चस्थित एन्ड्रयू कलेज ग्राउण्डमा २७ पुसमा नेपाल केन्यासँग एक विकेटले पराजित भयो ।

नेपालले दिएको २६६ रनको लक्ष्य केन्या मात्र एक बल बाँकी छँदा भेट्टायो । उसले ४९ दशमलव ५ ओभरमा ९ विकेट गुमाउँदै २६९ रन बनायो ।

नेपालका शक्ति गौचनले ४, सागर पुनले ३ विकेट झारे । वसन्त रेग्मी र जीतेन्द्र मुखियाले एक–एक विकेट आफ्नो नाममा लेखाए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २६५ रन बनाएको थियो । नेपालका लागि अनिल मण्डलले सर्वाधिक ६२ रन जोडे । विनोद भण्डारीले ४८, प्रदीप ऐरी ४२, शरद भेष्वाकरले २३ रनको योगदान गरे ।

वसन्त रेग्मीले नटआउट २३ रन जोडे भने पृथ बास्काटोले २१, ज्ञानेन्द्र मल्ल १४, सागर पुन १३ र शक्ति गौचनले नटआउट रहँदै ६ रन बनाए । आईसीसीको आधिकारीक पहिलो अभ्यास खेलमा नेपाललाई नामिबियाले २६ पुसमा चार रनले हराएको थियो ।

आईसीसी वान डे विश्वकप क्रिकेट छनौट २९ पुसदेखि १८ माघसम्म न्युजिल्याण्डमै हुँदैछ । प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले आफ्नो पहिलो खेल २९ पुसमा यूएईविरुद्ध खेल्दैछ । समूह ‘ए’ मा स्कटल्याण्ड, क्यानडा र हङकङ छन् ।

छनौट खेलमा शीर्ष दुईमा रहने टीमले सन् २०१५ मा न्युजिल्याण्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गर्ने वान डे विश्वकपमा सहभागिता जनाउने छन् भने शीर्ष चारभित्र पर्ने टीमले वान डे मान्यता पाउने छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>