थप समाचारआइतबार, पौष २८, २०७०
प्रा. डा. केसीका ७ बुँदे माग (सात तस्वीर)
विभिन्न समूहको गुटको धम्कीकाबीच २७ पुसदेखि आमरण अनसनमा शुरु गरेका प्रा. डा. केसीले २८ पुसमा सात बुँदै माग सार्वजनिक गरेका हुन् । अनशन उनलाई प्रहरीले २७ पुसदेखि नै सुरक्षा दिइरहेको छ । २७ पुस दिउँसो २ बजेदेखि आमरण अनसन बस्ने केसीले घोषणा गरेपछि बिरोधीहरुले गुट बनाएर उनीविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
प्रा. डा. केसीले २८ पुसमा सार्वजनिक गरेको ७ बुँदै मागः
२६ पुसमा अस्पतालमा पत्रकार सम्मेल गरी केसीले २७ पुस दिउँसो २ बजेदेखि आमरण अनसन शुरु गर्ने घोषणा गरेका थिए । उनले पत्रकार सम्मेलनमा माग पूरा नभए मृत्यु स्विकार्ने, अनशन नछाड्ने बताएका थिए ।
प्रा. डा. केसीले त्रिविका पदाधिकारीको दबाबमा राजीनामा दिन बाध्य पारिएका डिन प्रकाश सायमीको पुनर्बहाली हुनुपर्ने, थप मेडिकल कलेजको सम्बन्धन प्रक्रिया बन्द गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयका भ्रष्ट पदाधिकारीलाई कारबाही गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।
नेसनल मेडिकल कलेज, नेपाल प्रहरीको मेडिकल कलेज, मनमोहन मेडिकल कलेज र पिपुल्स डेन्टल कलेजलाई सम्बन्धन दिन दवाव आएपछि डिन सायमीले २ पुसदेखि लागू हुने गरी १९ मंसीरमा राजीनामा दिएका थिए । उनको राजनीनमा त्रिवि कार्यकारी परिषदले २४ पुसमा स्वीकृत गरेको थियो ।
कार्यकारी परिषदले २५ पुसमा नयाँ डिनमा विवादित छविका चिकित्सक डा. शशी शर्मालाई नियुक्त गरेको थियो । विना राजनीतिक हस्तक्षेप पदाधिकारी नियुक्तिको माग गर्दै प्रा. डा. केसी पटकपटक अनसन बसेपछि १ भदौ २०६९ मा प्रा. डा. सायमी डिन नियुक्त भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
