Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
महिला क्रिकेटको उपाधि एपीएफलाई - Himalkhabar.com

खेलकुदसोमबार, पौष २९, २०७०

महिला क्रिकेटको उपाधि एपीएफलाई

हिमालखबर

राष्ट्रिय महिला क्रिकेटको उपाधि हात पारेपछि एपीएफका खेलाडीहरु । तस्वीरः क्यान

राजधानीस्थित कीर्तिपुर क्रिकेट मैदानमा एपीएफले क्षेत्र नं. ६ नेपालगञ्जलाई हराउँदै उपाधि जितेको हो । एपीएफले २९ पुसमा नेपालगञ्जलाई ११४ रनले हरायो ।

टस जितेर शुरुमा ब्याटिङ गरेको एपीएफले निर्धारित ४० ओभरमा ८ विकेट गुमाएर १८७ रन बनाएको थियो । एपीएफका लागि सर्वाधिक सीता राना मगरले ५८ रन बनाइन् । नीरा राजोपाध्यायले २०, रुबिना क्षेत्री र रितु कनौजियाले १६–१६ रन जोडे ।

जबाफी ब्याटिङमा उत्रिएको नेपालगञ्जले ३४ ओभरमा ७३ रन मात्रै बनायो । नेपालगञ्जलाई सस्तैमा समेट्न एपीएफकी रुबिना क्षेत्रीले चार, सोनु खड्काले तीन र बिनु बुढा मगरले दुई विकेट लिए ।

जितसँगै एपीएफले ४५ हजार रुपैंया नगद र उपविजेता नेपालगञ्जले ३० हजार रुपैंया हात पारेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी हुँदै नेपालगञ्जकी नेरी थापाले १० हजार रुपैंया पुरस्कार पाइन् । उत्कृष्ट ब्याट्सवुमन पनि नेरी नै भइन् । उत्कृष्ट बलर नेपालगञ्जकी तृष्णा सिंह भइन् भने उदीयमान खेलाडी एपीएफकी ज्योति पाण्डे घोषित भइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>