खेलकुदमंगलबार, पौष ३०, २०७०

रोनाल्डो सर्वोत्कृष्ट फुटबलर

हिमालखबर

रियल मड्रिड फुटबल क्लबका फरवर्ड खेलाड़ी २८ वर्षीय क्रिस्टियानो रोनाल्डोले सन् २०१३ को फ़ीफ़ा ब्यालोन डिओर पुरस्कार जीतेका छन् ।

रोनाल्डोले बार्सिलोना क्लबका लियोनल मेसी र बायर्न म्यूनिखका फ़्रैंक रिबेरीलाई पछि पार्दै वर्षको फिफा खेलाडीको उपाधि जितेका हुन् ।

फिफले मान्यता दिएका देशका फुटबल कप्तान, प्रशिक्षक र पत्रकारहरुको मतका आधारमा रोनाल्डो सर्वोत्कृट खेलाडी घोषित भएका हुन् ।

रोनाल्डोले २००८ पछि पहिलो पटक ब्यालोन डिओर जित्ने क्रममा चार पटकका विजेता बार्सिलोनाका लिओनल मेसी र वार्यन म्युनिखका फ्रांक रिबेरीलाई पछि पारे ।

रोनाल्डोले १३६५ अंक पाएका छन् भने मेस्सीले १२०५ र रिबेरीले ११२७ अंक पाएका छन् । जसमा १८४ प्रशिक्षक, १,१८४ राष्ट्रिय कप्तान र १७३ पत्रकारले मतदान गरेका थिए ।

सन् २०१३ रोनाल्डोका लागि विशिष्ट बन्यो । उनले यस वर्ष खेलेका ५६ खेलमा ६६ गोल गरेका थिए ।

जुरिचमा आयोजित कार्यक्रममा पुरस्कार घोषणा लगत्तै मञ्चमा बोलाइएका रोनाल्डो अत्यन्तै भावुक भएका थिए । “सबैभन्दा पहिले म आफ्नो क्लब र राष्ट्रिय टोलीका सबै साथीहरुलाई धन्यवाद दिन चाहन्छु ,” उनले हर्षाश्रु झार्दै भने, “म अत्यन्तै खुशी छु, यो पुरस्कार जीत्नु निकै गाह्रो काम हो ।”

सर्वश्रेष्ठ महिला खेलाडी नदीन आंगरर

कार्यक्रममा जर्मनीकी गोलकीपर नदीन आंगररलाई विश्वकै सर्वोत्कृष्ट महिला खेलाड़ी घोषित गरियो भने अन्तरराष्ट्रीय ओलम्पिक कमिटीका पूर्व अध्यक्ष ज्याक रोगले फ़ीफ़ा प्रेज़ीडेंशियल अवार्ड प्राप्त गरे ।

अफ़ग़ानिस्तान फ़ुटबल संघलाई युद्धग्रस्त देशमा खेललाई बढ़ावा दिएको भन्दै फिफा फ़ेयरप्ले पुरस्कारका लागि चयन गरियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>