अन्तर्वार्ता/विचारमंगलबार, पौष ३०, २०७०

जाडो अझै बढ्छ: वरिष्ठ मौसमविद् शाक्य

हिमालखबर

वरिष्ठ मौसमविद् मणिरत्न शाक्य । तस्वीर: देबकी विष्ट/हिमालखबर

यो पटक अघिल्लो वर्ष जत्तिको जाडो भएन, किन होला?

हिउँदे वर्षा नभएकाले जाडो कम भएको हो। पानी परेको वेलामा हावामा जलवाष्प धेरै हुन्छ। जलवाष्प धेरै भएको पश्चिमी वायुले हिमाललाई छोएर आउँदा कुहिरो बढी लाग्छ र जाडो धेरै हुन्छ। तर यो पटक १६ पुसमा मात्रै सुदूरपश्चिम र पश्चिममा पानी पर्‍यो। हामीकहाँ सामान्य अवस्थामा तीन–चार पटक हिउँदे झरी पर्ने गर्छ।

अब जाडो बढ्ला कि घट्ला ?

केही दिनलाई जाडो अझै बढ्छ। सूर्य उत्तरायण भएपछि मात्रै न्यानो शुरु हुन्छ।

कहिलेसम्म पानी पर्‍यो भने जाडो बढ्ने सम्भावना रहन्छ ?

हिउँदे वर्षा ढिलो र कम हुँदै गएको छ। यो समस्या पश्चिम वायुको प्रभावले वर्षा गराउने नेपाल लगायत दक्षिण एशियाली देशहरुको हो। केही वर्षयता हिउँदे झ्ारी उत्तर–पश्चिमतर्फ मात्र हुने गरेको छ। नेपालमा सामान्यतया मंसीर अन्तिम साता पानी पर्छ तर यसपटक मध्य पुसमा मात्र पर्‍यो। माघ पहिलो सातासम्म झ्ारी पर्‍यो भने पनि त्यसले चिसो बढाउँछ।

तराईमा शीतलहर कहिलेसम्म चल्ला ?

शीतलहर पनि झरीसँग सम्बन्धित छ। पानी परेन भने माघ पहिलो सातादेखि शीतलहर हट्छ। पानी पर्‍यो भने माघ दोस्रो सातासम्म शीतलहर चल्छ। हिउँदे झरी घटेकाले शीतलहर पनि कम हुन थालेको छ।

तराईमा जस्तो पहाडमा शीतलहर नचल्ने कारण के हो ?

यो हावाको वहावले गर्दा हो। पहाडले हावा छेक्ने हुनाले पहाडी क्षेत्रमा जाडो मौसममा पनि कुहिरो लाग्दैन। कुहिरो नलाग्ने भएपछि शीतलहर चल्दैन।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>