Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कृष्ण शाक्य र निशान लिम्बूले संकटालाई जिताए - Himalkhabar.com

खेलकुदमंगलबार, पौष ३०, २०७०

कृष्ण शाक्य र निशान लिम्बूले संकटालाई जिताए

हिमालखबर

राजधानीमा ३० पुसमा भएको खेलमा थ्रीस्टार र हिमालयन शेर्पाले बराबरी खेलेका हुन् । दुवै टीमले दुई–दुई गोल गरे ।

खेलको १६ औं मिनेटमा हिमालयन शेर्पाका सेगुन अन्किनाडेले गोलको खाता खोलेका थिए । राष्ट्रिय खेलाडीले भरिएको थ्रीस्टारलाई बराबरी गोल फर्काउन पहिलो हाफको अतिरिक्त समय कुर्नुप¥यो । थ्रीस्टारका सन्तोष साहुखलले अतिरिक्त समयको चौंथो मिनेटमा गोल गरे ।

तर, ५० औं मिनेटमा लक्ष्मण रुचालको गोलमार्फत् हिमालयन शेर्पाले फेरि अग्रता लिए पनि त्यो लामो समयसम्म कायम रहेन । थ्रीस्टारका सबिन्द्र श्रेष्ठले ५३ औं मिनेटमा गोल फर्काए ।

बराबरीसँगै लिगमा हिमालयनको ८ र थ्रीस्टारको ७ अंक भएको छ । हिमालयन अंकतालिकाको पाँचौं नम्बरमा छ भने थ्रीस्टार सातौं स्थानमा छ ।

संकटाको जित

लिगको दोस्रो खेलमा संकटा क्लबले सरस्वती युथ क्लबलाई दुई–शुन्य गोलले हरायो । संकटालाई जिताउन कृष्ण शाक्यले ६८ र निशान लिम्बूले ७३ औं मिनेटमा गोल गरे ।

जारी लिगमा ८ अंकसहित संकटा चौंथों स्थानमा उक्लिएको छ भने ७ अंकसहित सरस्वती नवौं स्थानमा छ ।

प्रतियोगिताअन्तर्गत सशस्त्र प्रहरीको एपीएफ तथा आरसीटी र जावलाखेल युथ क्लब तथा नेपाल प्रहरीबीच खेल हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>