Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
'सुन्दर देशमा प्रहरीको दुर्व्यवहार' - Himalkhabar.com

थप समाचारबुधबार, माघ १, २०७०

‘सुन्दर देशमा प्रहरीको दुर्व्यवहार’

हिमालखबर

मोरङ प्रहरीले यौनजन्य क्रियाकलाप रोक्ने नाममा होटल व्यवसाय चौपट पार्न लागेको विराटनगरका व्यवसायीको आरोप छ।

“खुबसुरत देश भनेर पहिलो पटक आएको, प्रहरीले धेरै दुर्व्यवहार गर्‍यो”, विराटनगर बसपार्कस्थित धनकुटा होटलबाट श्रीमानसँगै समातिएकी भारतीय महिला आयशाले दुई घण्टाको हैरानीपछि छुटेर पोखेको पीडा हो, यो।

श्रीमान्–श्रीमती हौं भन्दाभन्दै प्रहरीले श्रीमानलाई अपराधीलाई जस्तै हत्कडी लगाएको, आफूलाई प्रहरी सामुन्ने लुगा फेर्न बाध्य बनाएको र पत्रकारहरूलाई बोलाएपछि मात्र प्रहरीसँग जाने भन्दा धकेल्दै भ्यानमा कोचेको आयशाले बताइन्।

आयशा आफ्ना श्रीमान् असरफसँगै पटनाबाट १९ पुसमा विराटनगर आएकी थिइन्। उनीहरूलाई प्रहरीले २३ पुसको बेलुका पक्राउ गरेको थियो। व्यापारको सिलसिलामा नेपाल आइरहने असरफले विवाह भएको ६ महीनामा श्रीमतीलाई घुमाउन ल्याउँदा ज्यादै लाञ्छित हुनुपरेको बताए।

प्रहरीले उनीहरूसँगै आँखा उपचारका लागि भारतको सुपौल जिल्लाको धर्मपट्टीबाट आएका दम्पती रमणकिशोर मण्डल र आरतीदेवीलाई पनि समातेको थियो। उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालयमा दुई घन्टा राखेर छाडिएको थियो।

स्वागत र गिरफ्तार
१ जनवरी (१७ पुस) को बिहान ६ बजेदेखि १० बजेसम्म नेपाल–भारत मैत्री युवा संघले विराटनगर भन्सारमा भारतीय पर्यटकहरूलाई स्वागत गरेको थियो।

नयाँ वर्ष मनाउन आएका भारतीयहरूलाई स्वागत गर्नमा मोरङका प्रहरी उपरीक्षक विश्वराज पोखरेल पनि सक्रिय थिए। तर, त्यही साँझ् विराटनगरका होटल–रेस्टुरेन्टहरूमा अनैतिक कार्य गरेको आशंकामा ३५ जोडी भारतीय पक्राउ परेर प्रमाणित नभएपछि छाडिए। “मोरङ प्रहरीले सनकको भरमा काम गरेको देखियो”, होटल व्यवसायी सुरज श्रेष्ठ भन्छन्।

मोरङका निमित्त प्रमुख डीएसपी दीपक पोखरेलले भने उनीहरूलाई पक्राउपछि श्रीमान्–श्रीमती भएको प्रमाणित गरेर २४ घण्टा भित्रै छाडेको बताए। क्षेत्रीय होटल संघ, विराटनगरका अध्यक्ष सुरेश भट्टराई प्रहरीबाट आफ्नै परिवार प्रताडित भएको बताउँछन्।

भट्टराईका अनुसार, अस्टे्रलियामा होटल म्यानेजमेन्ट पढेर आएका उनका छोरा सौरभ चिकित्सक साथीहरूसँग गत चैतमा धरान रोडको फिलगुड होटलमा पार्टीमा थिए। त्यही वेला होटल बन्द गराउन पसेको प्रहरीलाई युवकहरूले कानून नमिची रमाइलो गर्न किन नपाउने भनी बताउँदा अन्धाधुन्द कुटपिट गर्‍यो। “रगतपच्छे भएका उनीहरूलाई अपराधीलाई झैं हत्कडी लगाएर लगेछन्” भट्टराई भन्छन्, “सार्वजनिक अपराधको मुद्दा लगाएर चार दिन थुने पनि।”

१८ पुसमा न्युरो होटलमा छापा मारेर प्रहरीले एक युवक र युवतीसँगै संचालक जीवन मुखियालाई पक्राउ गर्‍यो। जोडीले होटलको रजिस्टरमा श्रीमान्–श्रीमती नाता लेखाएकामा उनीहरू दम्पती नभएको पाएपछि प्रहरीले संचालकलाई पनि थुनेको थियो।

“जोडीहरूले बिहे दर्ता प्रमाणपत्र ल्याएका हुँदैनन्, हामीले कसरी पत्ता लगाउने?” होटल तथा पेय पदार्थ व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष बलराम कारञ्जित भन्छन्।

होटल व्यवसाय चौपट
विराटनगरमा लजसहितका साना–ठूला ६० होटल छन्, जसका ५० प्रतिशतभन्दा बढी पाहुना भारतीय हुन्छन्। विराट क्षेत्रीय पर्यटन प्रवर्द्धन समितिका अनुसार, विराटनगर भन्सार नाका भएर दैनिक कम्तीमा २०० भारतीय पर्यटक आउँछन्। तर, होटलमा भारतीय बसेको देखेपछि मोरङ प्रहरी ‘बढी नै सजग हुने गरेको’ व्यवसायीहरूको आरोप छ।

क्षेत्रीय होटल संघ, विराटनगरका अध्यक्ष भट्टराई भन्छन्, “होटल व्यवसायमा कति लगानी भएको छ र त्यसले विराटनगरलाई कति फाइदा पुगेको छ भन्नेमा प्रहरीलाई कुनै मतलब छैन।”

प्रहरीको व्यवहारले व्यवसायबाट पलायन हुने अवस्था आएको क्षेत्रीय होटल संघ, पेय पदार्थ व्यवसायी संघ र साना तथा मझौला होटल संघका पदाधिकारीको भनाइ छ। प्रहरीले जथाभावी छापा मारेर ग्राहकलाई आतंकित पार्दा होटल व्यवसाय नै चौपट हुन लागेको भन्दै व्यवसायीहरूले २२ पुसमा डीआईजी नवराज सिलवाललाई ‘दुःख नदिन’ आग्रह गरेका थिए।

अनैतिक यौनजन्य क्रियाकलाप रोक्ने प्रहरीको प्रयासलाई सबैले साथ दिएको बताउँदै पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष भविस श्रेष्ठ भन्छन्, “तर, दिनदहाडै होटलमा पसेर आतंकित पार्ने प्रहरीको व्यवहार पनि रोकिनुपर्छ।”

प्रहरीका अनुसार, अंग्रेजी नयाँ वर्ष आसपासको दुई सातामा विराटनगरका होटलहरूबाट पक्राउ गरिएका ५० जोडीमध्ये २३ जोडीलाई सार्वजनिक अपराध ऐन अनुसार मुद्दा चलाइएको छ। सहमतिको यौन कार्यलाई कानूनले अपराध नमाने पनि प्रहरीले सार्वजनिक अपराधमा मुद्दा चलाउने गरेको छ।
कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>