ब्लगमंगलबार, साउन १६, २०६९

अखिलेश र हाम्रा युवा नेता

चन्द्रकिशोर

भारतीय राज्य उत्तरप्रदेशमा मुख्यमन्त्री अखिलेश यादव

नेपालसँग जोडिएको भारतीय राज्य उत्तरप्रदेशमा अखिलेश यादवको उदयलाई हाम्रो सन्दर्भमा जोडेर हेरौं । ३९ वर्षीय अखिलेश २० करोडभन्दा बढी जनसंख्या भएको भारतीय प्रदेशका मुख्यमन्त्री भएका छन् । समाजवादी पार्टीका अध्यक्ष रहेका पिता मुलायमसिंह यादवले उत्तरप्रदेशको बदलिंदो मनोविज्ञान र जनअपेक्षालाई दृष्टिगत गरेरै युवा पुस्तामा नेतृत्व हस्तान्तरण गरेका हुन् । शिक्षाले इन्जिनियर अखिलेशले पार्टीलाई जनतासँग जोडेर आशाको सञ्चार गराए । केही महीनाअघिको निर्वाचनमा नयाँ पुस्ता र प्रविधिको कुरा गर्दै साइकलबाट गाउँ–गाउँ घुमेर अधिकतम मत लिए ।

मुलायम सिंहले आफ्नो दलको जीर्ण हँुदै गएको कलपुर्जालाई चलायमान बनाएका छन् । अखिलेशले छोटो समयमै लोकमनोविज्ञानलाई व्यवस्थापन गरेर पार्टी र स्वयम्लाई स्थापित गराएका छन् । साउनको पहिलो शुक्रबार लखनऊस्थित सचिवालयमा नेपाली उद्यमी र मिडियाका प्रतिनिधिहरूसँग भेट्दा उनले आफ्नो मन्त्रिमण्डलका पाका सहयोगी बलराम यादव र आफ्नै पुस्ताका अभिषेक मिश्रलाई दुईतिर राखेका थिए । उनी पाको पुस्ताको सुझ्बुझ् र नयाँ पुस्ताको स्फुर्तीका साथ प्रस्तुत भए । उनले विकास तथा सीमावर्ती क्षेत्रका समस्याहरूबारे बडो मिहिन र व्यावहारिक व्याख्या गरे । तल्लो तहमा राम्रो जनसम्पर्क नभएको भए निश्चय नै उनका भनाइहरू सतही या सैद्धान्तिक मात्र हुनेथिए । धार्मिक र जातीय राजनीतिले थिलथिलो पारेको उत्तरप्रदेशमा अखिलेशले विहारका मुख्यमन्त्री नितिशकुमारको सिको गरेका छन् । उनले आफ्नो कामको प्राथमिकता तोकेका छन् । उनको तदारुकताले छोटै समयमा परिणामहरू देखाउन थालेको छ ।
नेपाली राजनीति उत्तरप्रदेशको भन्दा नितान्त फरक छ । मिडियामुखी नेपाली युवा राजनीतिज्ञहरू काठमाडौंकेन्द्रित छन् । गणेश परिक्रमा गरेर वरदान पाउने लालसा बोकेका उनीहरूले फरक पहिचान बनाउन सकिरहेका छैनन् । दलभित्रका गुटहरूको गोलचक्करमा परेका युवा नेताहरू साँपसिंढीको खेलबाट जोगिन छहारी चाहिन्छ भन्ने हीन मनोविज्ञानबाट ग्रसित छन् । त्यसैले, युवा नेतृत्व मुखर रूपमा अगाडि आउनुपर्छ भन्ने जनअपेक्षा बुझ्ेर पनि उनीहरू त्यस अनुरुप प्रस्तुत हुनसकेका छैनन् । नेपाली राजनीतिमा युवा पुस्ताको प्रभावकारिता नदेखिएको भने होइन । यहाँ पनि आशलाग्दा युवा नेतृत्वको एउटा पंक्ति छ । उनीहरूले नेतृत्वको लक्षित कार्यभार लिन नसकेको र अदूरदर्शी बुढा पुस्ताले उनीहरूलाई जिम्मेवारी दिन कन्जुस्याईं गरिराखेको मात्र हो ।
गिरोहहरूबाट घेरिएको पुरानो पुस्ताले पछिल्ला वर्षहरूमा व्यापक बनेको नेपाली मनोविज्ञानलाई ठम्याउन सकिरहेको छैन । त्यसले दलीय नेतृत्वको क्षमता र आम नेपालीको आकांक्षाबीचको दूरीलाई बढाउँदै लगेको छ । यो समस्या सबै दलमा छ । शीर्ष नेतृत्वहरू भने परिस्थितिको आकलन गरेर निर्णयका लागि तयार हुनेभन्दा आफ्नो वैयक्तिक वर्चस्वलाई टिकाउने चिन्तामा छन् । उनीहरू युवा पंक्तिको सामथ्र्यप्रति जानाजान आँखा चिम्लिरहेका छन् । वर्षौंअघि जनस्तरमा घुलमिल हुँदा पाएको ज्ञानकै आधारमा आफूलाई युवा नेतृत्वभन्दा बढी समाज बुझ्ेको दाबी गर्छन्; उही विचार, भाषण र शैली दोहोरयाइरहन्छन् । हाम्रा युवा नेताहरू भने दाताहरूका महँगा कार्यशाला, विदेश भ्रमण र विशेष आग्रह भएको प्रशिक्षण वा जिल्लामा मात्र जाने गरेका देखिन्छन् । यसबाट जनतासँग उनीहरूको सम्बन्ध टुटिरहेको छ ।
नेपालका युवा नेताहरू पनि आफू युवा भएकै कारण नेतृत्व चाहिने दाबी गर्छन्, सपना देख्ने र त्यसलाई जनतासम्म पुरयाउने हिम्मत गर्दैनन् । सीमा नजिकै भइराखेका परिवर्तनहरूबाट न बुढाहरूले पाठ सिकेका छन्, न त युवाले नै । नेपाली युवा राजनीतिज्ञहरूले अब अखिलेशको सफलतालाई हेरेर संक्रमणकालीन नेपाली समाजलाई थप विभाजित हुनबाट जोगाउने पहल अविलम्ब थाल्नुपर्छ । मार्गप्रशस्त गरिदिनु पुरानो नेतृत्वको बुद्धिमानी हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...