रमझमबुधबार, माघ १, २०७०

सुगम संगीतकी सफल गायिका

हिमालखबर

२०६६ सालमा रेडियो नेपालको राष्ट्रव्यापी आधुनिक गायन प्रतियोगितामा निशा सर्वोत्कृष्ट भएकी थिइन्। त्यसयता साधनामा जोड दिएकी उनले तिम्रो मेरो सम्बन्धको चर्चा…, जमाना खराब छ…, तिमी कुन जमानामा…, म त अजनवी… लगायतका गीत र गजलबाट लोकप्रिय बनेकी निशा भन्छिन्, “साधनाको मीठो प्रतिफल पाइरहेकी छु।”

शास्त्रीय संगीतमा गुरुदेव कामत र ईश्वर अमात्यकी चेली निशा २०६६ सालको रेडियो नेपालको स्पर्धा आफ्नो जीवनको निर्णायक मोड भएको बताउँछिन्। त्यसपछि नै उनले राम्रा गीत गाउने अवसर पाइन्। तीन पटक इमेज अवार्डमा सर्वोत्कृष्ट गायिका भएकी उनको एकल अल्बम लोकार्पण ले २०६८ सालको कालिका एमफम म्युजिक अवार्ड जित्यो।

यसैगरी, उनको अर्को अल्बम तिम्रो मेरो सम्बन्धको ले त्यही साल विन्ध्यवासिनी म्युजिक अवार्ड जित्यो। निशा भन्छिन्, “२०६८ मा छिन्नलता नवप्रतिभा पुरस्कार लगायत आधा दर्जन पुरस्कार पाएँ।”

पछिल्लो समयमा पार्श्व गायनमा समेत जमेकी उनी भन्छिन्, “साधना गर्‍यो भने त्यसको प्रतिफल ढिलै किन नहोस् प्राप्त हुँदोरहेछ।”
ऋषिराम कट्टेल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>