थप समाचारबुधबार, माघ १, २०७०

माघी महोत्सव (फोटो फिचर)

dewaki

‘माघी’ पर्वको चहलपहल १ माघ बिहानैदेखि शुरु भएको हो । पर्वको शुरुवातसँगै थारु समुदायमा उल्लास छाएको छ ।

‘माघी’ पर्वको अवसरमा राजधानीमा बसोबास गर्ने थारु समुदायले खुलामञ्चमा माघी महोत्सवको आयोजना गरेका छन् । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले थारु समुदायमा उपहार दिइने ‘बिजौरा’ दिएर माघी महोत्सवको उदघाटन गरे । कार्यक्रम शुरु हुनुअघि थारु युवायुवतीहरुले भृकुटीमण्डपदेखि खुलामञ्चसम्म सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए ।

‘माघी’ पर्वकै अवसरमा थारु समुदायले वर्षभरी गर्नुपर्ने सार्वजनिक कामकासाथै गाउँको अगुवा भलमन्सा, महतौं, अघरिया, चौकिदरवालगायत छनौट गर्छन् ।

उनीहरुले माघीमा गाउँको अगुवाघरमा भेला भई नाचगान गर्ने, मीठा परिकार खाने गर्छन् । त्यसैगरी गाउँ समुदायका समस्याहरुबारेमा छलफल, वार्षिक योजना निर्माण लगायतका कामहरु पनि माघीमै गरिन्छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>