खेलकुदबुधबार, माघ १, २०७०
रन्जन विष्टले जिताए एपीएफलाई
ए डिभिजन लिगमा एपीएफले रानीपोखरी कर्नर टीम (आरसीटी)लाई हराएको हो । राजधानीमा १ माघमा भएको खेलमा एपीएफले दुई–एक गोलले आरसीटीलाई हरायो ।
एपीएफलाई जिताउन रन्जन विष्टले दुवै गोल गरे । उनले पहिलो हाफको अतिरिक्त समय र ६४ औं मिनेटमा गोल गरे ।
सुमन लामाले ५२ औं मिनेटमा गरेको गोलले पनि आरसीटीको हार टार्न सकेन । लिग अंकतालिकामा एक अंकसहित आरसीटी सबैभन्दा पुछारमा छ ।
जितसँगै एपीएफ भने अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लिगमा उसको १२ अंक छ ।
लिगको दोस्रो खेलमा नेपाल प्रहरीले जावलाखेल युथ क्लबलाई हराएको छ । राजधानीमा १ माघमा भएको खेलमा प्रहरीले तीन–शुन्य गोलले जावलाखेललाई हरायो ।
प्रहरीलाई जिताउन गणेश खड्काले ६, जुमनु राईले २४ र भोला सिलवालले ९० औं मिनेटमा गोल गरे । जितसँगै प्रहरीको १० अंक भएको छ र अंकतालिकामा चौंथो स्थानमा पुगेको छ । चार अंक भएको जावलाखेल भने ११ औं स्थानमा छ ।
प्रतियोगिताअन्तर्गत २ माघमा ब्वाइज युनियन क्लब र मछिन्द्र क्लबबीच हुनेछ ।