रमझममंगलबार, साउन १६, २०६९

यस्ता छन्, हाँस्य कलाकारहरुका गाईजात्रे खुराक

हिमालखबर

१८ साउन देखि २ भदौ सम्म चल्ने यो गाईजात्रा महोत्सवमा तीतोसत्यबाट दीपकराज गिरीको समूहले गिद्धैगिद्धको शहर नामक प्रहसन प्रस्तुत गर्दैछ । गिरीसहित दीपाश्री निरौला, आरपी भट्टराई, निर्मल शर्मा, कमल मैनाली र रमेश अधिकारी सहभागी यस प्रहसनमा विभिन्न जातजातिको अनावश्यक लडाईंले मुलुकलाई ध्वस्त पार्ने विषय उठाइएको छ ।

जिरेखुर्सानी समूहबाट जीतु नेपालको समूहले अप्रेसन थियटर नामक प्रहसन गर्दैछ । राजाराम पौडेल, शिवहरि बैरागी, सविता गुरुङ, देवीराम पराजुली सहभागी यस प्रहसनमा हस्पिटलमा हुने विकृति–विसंगतिलाई राजनीतिसँग जोडेर व्यंग्य गरिएको छ । यता शिवहरि पौडेलको समूहमा भने किरण केसी, मनोज आचार्य, निरज नेपाल, अन्जु महर्जन, निरु खड्का, कविता शर्मालगायतको प्रस्तुतिमा रेड ह्याण्ड नामक प्रहसन सहभागी छ । यसमा प्रहरीले विभिन्न क्षेत्रमा जतिसुकैलाई रंगेहात पक्राउ गरे पनि विकृति–विसंगति नरोकिएको विषय उठान गरिएको छ ।

मेरी वास्सैको तर्फबाट भने सीताराम कट्टेलको समूहबाट रेस्लिङ नामक प्रहसन हुँदैछ । यसमा नेपाली–नेपाली आफैं लड्न नहुने विषय समेटिएको सीतारामले बताए । यसमा उनी खड्काजीको भूमिकामार्फत रेस्लर विसुरालसँग रेस्लिङ खेल्दैछन् प्रहसनमा । यो समूहमा कुन्जना घिमिरे, पल्पसा डंगोल, सुरवीर पण्डित, मनराज श्रेष्ठ, मरिचमान सिंह श्रेष्ठ, ज्योति काफ्ले र भरत विसुराल छन् । शैलेन्द्र सिंखडाको हास्यव्यंग्य कविता र मनोज गजुरेलको उद्घोषण तथा क्यारिकेचर, टीका भण्डारीको प्यारोडी, राजेश केसी र लक्ष्मी केसीको प्यारोडी नृत्य, सुष्मा कार्कीको नृत्य दर्शकका लागि तीते–जिरे मेरी वास्सैका प्रस्तुति बाहेक अरू आकर्षण हुनेछन् ।

ओरियन्टल इभेन्टस् प्रालिले आयोजना गर्दै आएको यो महोत्सव धेरै दर्शकको आकर्षक मानिन्छ । आयोजक संस्थाका प्रबन्ध निर्देशक प्रकाश पुडासैनी भन्छन्, ‘विगतको तुलनामा यसपटक यो महोत्सव निकै उत्कृष्ट हुनेछ ।’ यता सभागृहमा शिखर नेपालले आयोजना गरेको झ्याईंकुटी, मेरी वास्सै, जय होस् गाईजात्रा महोत्सवमा भने केदार घिमिरे माग्ने बुढाले भेटनरी क्लिनिक नामक प्रहसन प्रस्तुत गर्दैछन् जसमा सुरज चापगाई बान्द्र्र्रे्र, सुनिता गौतम, रापु पोडैल छन् । त्यसैगरी दमन रुपाखेती, शेखर खनाल नेपाल एक्प्रेस नामक प्रहसन गर्दैछन् । यता शिवशंकर रिजाल र सुरेन्द्र केसी गब्बर कालिया नामक प्रहसनमार्फत दर्शकमाझ आउँदैछन् ।
तस्बीरहरु: ऋषिराम कट्टे

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>