रमझमबिहीबार, माघ २, २०७०

मोफसलका कलाकार

हिमालखबर

“स्कूले जीवनदेखिको पेन्टिङको रुचिले ललितकला क्याम्पस पुर्‍यायो, फाइन आर्टमा ब्याचलर गरेपछि पेशेवर कलाकार बनेको छु”, नविनभक्त भन्छन्, “अहिलेसम्म ३० भन्दा बढी साहित्यिक किताबको कभर र त्यतिकै संख्यामा पोट्रेट बनाएँ।”

हरेक दुई वर्षमा हुने चितवन महोत्सवमा २०५७ यता लगातार तीन पटक सर्वोत्कृष्ट भएका उनलाई भारत, बेलायत र अस्ट्रेलियाबाट आएको पेन्टिङको अफरले पेशामा हौस्याएको छ।

पेन्टिङ लैजानेले मन पराएर दिएको पारिश्रमिक आफ्नो मूल्य भएको उनी बताउँछन्। “दुई वटा पोट्रेट बनाउँदा पाएको दुई लाख रुपैयाँ नै अहिलेसम्म मैले पाएको बढी मूल्य हो”, नविनले भने।

भरतपुरको एसओएस स्कूलका पेन्टिङ शिक्षक उनी मन परेको विषयमा डुबेर चित्र बनाउँदा आनन्दित हुने बताउँछन्।

गैंडाकोटमा ‘आर्ट वर्कसप’ खोल्ने योजनामा रहेका नविनले मोफसलमा बसेरै राष्ट्रिय रुपमा स्थापित हुने बताए।
सविता श्रेष्ठ, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>