ब्लगबिहीबार, माघ २, २०७०

शालीनदीमा स्वस्थानीका श्रद्धालु (दश तस्वीर)

बिक्रम राई

स्वस्थानी व्रतकथा पौष शुक्लपूर्णिमादेखि शुरु भई माघ शुक्ल पूर्णिमाका दिन समापन हुने गर्छ । यो समयमा व्रतालु तथा भक्तजनले श्रद्धापूर्वक श्री स्वस्थानीको कथा वाचन र श्रवण गर्ने गर्छन् ।

व्रत बस्नेहरुले नुहाई शुद्ध भएर श्रीस्वस्थानीको पूजा गरेमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यो कथा महादेव र पार्वतीकासाथै तपस्याबाट प्राप्त भएको गुणको व्याख्यामा केन्द्रित छ ।

सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाह अनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीहरूको उद्धार गरेको कथामा उल्लेख छ ।

परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा विभिन्न स्थानबाट आएका भक्तजनले माधवनारायणको व्रत पनि प्रारम्भ गर्ने गर्दछन् ।

साँखुको शालीनदीस्थित माधवनारायणको मन्दिर पौष शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महीना मात्र खोली प्रत्यक्ष पूजाआजा गर्ने प्रचलन छ । स्कन्दपुराणको केदारखण्डमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा पानी शुद्ध र स्वच्छ हुने उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>