रमझमशुक्रबार, माघ ३, २०७०

भारतीय अभिनेत्री सुचित्राको निधन

हिमालखबर

बंगाली र हिन्दी फिल्मकी अभिनेत्री सुचित्रा सेनको ८२ वर्षको उमेरमा निधन भएको छ । भारतको कलकत्तास्थित अस्पतालमा उपचारका क्रममा ३ माघ विहान सेनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सन् १९५२ मा बंगाली भाषाको फिल्म ‘शेष कोथाय’ बाट फिल्मी करिअर शुरु गरेकी सुचित्रा सेनले बिमल राय निर्देशित फिल्म ‘देवदास’ मा गरेको ‘पारो’ को अभिनय बेजोड छ ।

सन् १९६६ मा बेनको फिल्म ‘बम्बईका बाबु’ मा उनले अभिनेता देव आनन्दका साथ काम गरेकी थिइन् । उनको सबैभन्दा यादगार फिल्म ‘आँधी’ रहेको फिल्मी क्षेत्रका जानिफकारहरु बताउँछन् ।

गुलजारको निर्देशनमा बनेको यो फिल्ममा उनले सञ्जीव कुमारसँगै अभिनय गरेकी थिइन् जसका गीतहरु निकै प्रसिद्ध छन् ।

सन् १९७८ मा रिलिज भएको बंगाली भाषाको फिल्म ‘प्रनोय पाशा’ पछि उनले फिल्मबाट सन्यास लिइन् र सार्वजनिक जीवनबाट पनि टाढिएकी थिइन् ।

सञ्चारमाध्यमहरुका अनुसार सार्वजनिक रुपमा उपस्थित हुन नचाहने उनले भारतमा फिल्म क्षेत्रमा दिइने प्रतिष्ठित ‘दादा साहब फाल्के पुरस्कार’ लिन अस्वीकार गरेकी थिइन् ।

सुचित्राका छोरी मुनमुन सेन र नातिनीहरु राइमा र रिया सेन पनि अभिनय क्षेत्रमै छन् ।

बीबीसीको सहयोगमा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>