अर्थ/बजारमंगलबार, साउन १६, २०६९

रु.३६ अर्ब नाफा कमाउने नेपाल टेलिकमको दाबी

हिमालखबर

राजधानीमा १६ साउनमा पत्रकार सम्मेलनगरी टेलिकमका प्रवक्ता सुरेन्द्र थिकेले चालु वर्षमा ३६ अर्ब ८१ लाख रुपैंया खुद नाफा कमाउने गरी योजना र काम अघि बढाइसकेको बताए । यो नाफा रकम गएको आर्थिक बर्ष २०६८–६९ को तुलनामा ६ दशमलव ८४ प्रतिशतले बढि हो । टेलिकमले यो चालु आर्थिक बर्षमा १५ लाख ५१ हजार ६ सय ३९ लाइन टेलिफोन वितरण गर्ने लक्ष्य राखेको छ । थिकेकाअनुसार यो वर्ष ७ लाख ८८ हजार मोबाईल, ७ लाख २९ हजार १ सय ७० सीडीएमए र ३४ हजार ४ सय ६९ लाइन ल्याण्डलाइन टेलिफोन वितरण हुनेछ ।

टेलिकमले ग्रामिण दुरसञ्चार सेवा अन्तर्गत ३५ जिल्लाका १ हजार ८ सय गाविसमा ताररहित इण्टरनेट सेवा पु¥याउने लक्ष्यका साथ काम गरिरहेको पनि थिकेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>