Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
तुहियो विश्वकप सपना - Himalkhabar.com

खेलकुदआइतबार, माघ ५, २०७०

तुहियो विश्वकप सपना

हिमालखबर

न्युजिल्याण्डमा ५ माघ बिहान नेपाल हङकङसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १५१ रनको झिनो लक्ष्य हङकङले सय बल बाँकी छँटै भेट्टायो ।

ब्याटिङ फितलो प्रदर्शन गर्दै आएको नेपालले हङकङसँग बलिङमा पनि कुनै जादु देखाउन सकेन । हङकङले ३३ दशमलव २ ओभरमै १५४ रन जोड्यो र विश्वकपको टिकट काट्यो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १५० रन मात्र बनाएको थियो । नेपालका बलर बसन्त रेग्मीले सर्वाधिक ४५ रन बनाउँदा कप्तान पारस खड्काले २९ रनको योगदान गरे ।

अर्का बलर सोमपाल कामीले २६, शक्ति गौचन र विनोद भण्डारीले ८–८ रन जोडे । शरद भेष्वाकरले ४, अनिल मण्डल र अविनाश कर्णले तीन–तीन, सागर पुनले २, पृथु बास्कोटाले १ रन बनाए । ज्ञानेन्द्र मल्लले रन हान्न सकेनन् ।

नेपालले अब ७ माघ मंगलबार क्यानडासँग खेल्नेछ । क्यानडाले जिते पनि नेपालका लागि त्यो सान्त्वना जित मात्र हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>