Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
युनिटी लाइफका अध्यक्ष काशी गुरुङ पक्राउ - Himalkhabar.com

समाचारबुधबार, साउन १७, २०६९

युनिटी लाइफका अध्यक्ष काशी गुरुङ पक्राउ

सन्त गाहा मगर


प्रहरीको मोस्टवान्टेड सूचिमा रहेका गुरुङलाई भारतबाट पक्राउ गरिएको प्रहरी स्रोतले हिमालखबरलाई जानकारी दिए । उनलाई आजै प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने भएको छ । गूरुङसँगै मोस्टवान्टेडको सूचिमा रहेका विष्णबहादुर क्षेत्री, कृष्णबहादुर क्षेत्री, महेन्द्र केसी भने अझै फरार छन् ।

प्रहरी मोस्ट वान्टेडको सूचिमा राखेपछि अभियुक्त गुरुङले हतियार उठाउने धम्की दिँदै आएको थियो । उनीले स्याङ्जा जिल्लाबाट नागरिकता लिएका छन् ।

युनिटी लाइफविरुद्ध राजस्व छलि, सम्पत्ति शुद्धिकरण, विदेशी विनिमय अपचलन, राज्यविरुद्धको अपराध, ब्याकिङ कसुरलगायतका चार दर्जन अपराधमा मुद्दा चलिरहेको छ । फरार मुख्या अभियुक्त पक्राउ परेपछि छानविन प्रक्रिया अगाडि बढाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

१ बैशाख २०६७ मा हिमालखबर पत्रिकाले युनिटी लाइफको गैर-कानुनी धन्दाको पर्दाफास गरेको एक महिनामा सरकारले युनिटीको कार्यालयमा छापा मारेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>