Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
चौथो खेलमा पनि नेपाल पराजित - Himalkhabar.com

खेलकुदमंगलबार, माघ ७, २०७०

चौथो खेलमा पनि नेपाल पराजित

हिमालखबर

न्युजिल्याण्डमा ७ माघ बिहान भएको चौंथो खेलमा नेपाल क्यानाडासँग १२ रनले पराजित भएको हो । क्यानडाले दिएको २५६ रनको लक्ष्य नेपालले भेट्टाउन सकेन ।

ब्याटिङमा सुधारिएको प्रदर्शन गरेको नेपालले ४१ ओभर खेल्दै ८ विकेटको क्षतिमा २४३ रन मात्र बनायो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ८६ र प्रदीप ऐरीले २६ रन जोडे ।

बसन्त रेग्मीले नटआउट २५ रन बनाउँदा कप्तान पारस खड्का, शरद भेष्वाकर र विनोद भण्डारीले समान १७–१७ रनको योगदान गरे । शक्ति गौचन तथा पृथु बास्कोटाले १५–१५ र सोमपाल कामीले ८ रन जोडे । सागर पुनले रन नै बनाउन सकेनन् ।

४१ ओभरमा छोट्याइएको खेलमा क्यानाडाले ४१ ओभरमा ९ विकेट गुमाउँदै २५५ रन जोडेको थियो । नेपालका सोमपाल कामीले ३, बसन्त रेग्मी २ र शक्ति गौचन तथा सागर पुनले एक–एक विकेट लिए ।

छनौटका चारै खेल हारेको नेपालको वान डे विश्वकप खेल्ने सपना यसपटकका लागि समाप्त भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>