रमझमबिहीबार, माघ ९, २०७०
‘नेपथ्य’को कन्सर्ट पोखरामा हुँदै
नेपाली लोक रक समूहल नेपाली लोक रक समूह ‘नेपथ्य’ले आफ्नो मूलथलो पोखरामा ३ फागुनमा कन्सर्ट गर्ने भएको छ । ‘नेपथ्य’को कन्सर्ट पोखराको खुला आकाशमुनि हुनेछ ।
पोखराबाट उदाएको ‘नेपथ्य’ले प्रदर्शनी केन्द्रको मैदानमा कन्सर्ट गर्न लागेको हो । “नेपथ्यका निम्ति पोखरा आयोजनास्थल मात्र नभएर प्रतिष्ठा पनि हो,” गायक अमृत गुरुङले भने, “आफूले हेरेर हुर्केका हिमालकै सामुन्ने उभिएर गीत गाउने अवसर पहिलोपटक जुरेको छ ।”
यसरी खुला आकाशमुनि ‘नेपथ्य’लाई सुन्ने चाहना केही वर्षदेखि नै पोखरेली संगीतप्रेमीले गर्दैआएका थिए । गत वर्ष बेलायतको वेम्बले एरेनामा सम्पन्न कन्सर्टदेखि यस टोलीलाई आफ्नै घरदैलोमा सुन्ने चाहना झनै बढ्न पुगेको हो ।
‘नेपथ्य’ले गत महिना मात्रै ‘शान्तिको लागि शिक्षा’ अभियान आयोजना गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>