अर्थ/बजारबिहीबार, माघ ९, २०७०

खरीढुंगा उद्योग पुनः संचालन हुने

हिमालखबर

म्याग्नेसाइटबाट क्यालर्सान उत्पादनको काम हुदै । तस्वीरः सर्मिला बुढाथोकी

ओरियण्ट म्याग्नेसाइट उद्योगले ६ महीनाभित्रमा पूर्ण रुपमा उद्योग संचालन गर्ने जनाएको छ । उद्योगका कार्यकारी निर्देशक दिनेशराज भट्टराईले ६ महीनाभित्र उद्योग संचालन गर्ने गरी तयारी भइरहेको जानकारी दिए ।

उनले भने, “उद्योग सञ्चालनको लागि हामीले असार–साउनभित्रमा आन्तरिक तयारीको काम पूरा गर्छौं, हिउँद लागेसँगै काम शुरु हुन्छ ।”

उद्योगमा अहिले परीक्षणको रुपमा म्याग्नेसाइटबाट क्यालसाइन बनाउने काम भइरहेको छ । दोलखाको लाकुरीडाँडा–८ मा रहेको खरीढुंगा उद्योग २०५५ सालदेखि बन्द थियो ।

उद्योगमा सरकारको ७५ प्रतिशत, खेतान समूहको १२ दशमलव ५ प्रतिशत र भारतीय कम्पनी उडिसा ईन्डस्ट्रिजको १२ दशमलव ५ प्रतिशत लगानी रहेको छ ।
सर्मिला बुढाथोकी, दोलखा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>