अर्थ/बजारबिहीबार, माघ ९, २०७०

नेपालको रेल सेवा बन्द

हिमालखबर

इन्जिनको गियरबक्स मर्मत गर्ने रकम नभएपछि तीन दिनदेखि जनकपुर–जयनगर रेल सेवा बन्द भएको हो । भारतको जयनगरबाट जनकपुर आएको रेलको गियरबक्समा खराबी आएपछि ७ माघदेखि रेल सेवा बन्द भएको नेपाल रेल्वे कम्पनी जनकपुरले जनाएको छ ।

आर्थिक कारोबार गर्ने अधिकार आफूलाई प्राप्त नभएकाले बिग्रेको गियरबक्स मर्मत गर्न नसकेको र रेल सेवा बन्द गर्नुपर्ने भएको कम्पनीका निमित्त महाप्रबन्धक रामचन्द्र साहले बताए । कम्पनीका कर्मचारीका अनुसार अधिकारप्राप्त पदाधिकारीहरु काठमाडौंमा बस्ने गरेकाले रकमको अभाव हुनु बित्तिक्कै रेल सेवा बन्द गर्नुपर्ने बाध्यता छ ।

कम्पनीका महाप्रबन्धक रोश्वर यादव र निमित्त प्रशासनिक अधिकृत तुलाबहादुर डाँगी लामो समयदेखि काठमाडौं बस्दै आएका छन् । रेल बन्द हुँदा दैनिक दुई हजार यात्रु सेवा लिनबाट बञ्चित भएका छन् भने भारतबाट सामान आउन नपाउँदा राजश्व समेत घटेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>