रमझमशुक्रबार, माघ १०, २०७०

‘छ एकान छ’ युट्यूवमा राख्ने युवक पक्राउ

हिमालखबर

हास्यकलाकार दीपकराज गिरीद्वारा निर्मित व्यवसायिक रुपमा सफल  चलचित्र छ एकान छ लाई युट्यूवमा अपलोड गर्ने सन्दिप मगर पक्राउ परेका छन् ।

सन्दिपले हलमा गएर फिल्म मोबाइलले खिची युट्यूबमा राखेको प्रहरीलाई बयान दिएका छन् । अपलोड भएको तीन दिनपछि ४० मिनेट लामो फिल्मको दृष्य युट्यूवबाट हटाइएको छ ।

तीन दिनमा ३५ हजारले यो फिल्म युट्यूवबाट हेरेको निर्माता तथा कलाकार दीपकराज गिरीले हिमालखबरलाई बताए ।

हलमा चलिरहेको फिल्म युट्यूवमा अपलोड गर्दा त्यसको असर फिल्मको ब्यापारमा पर्ने गिरीले बताए । यद्दपी युट्यूवमा सम्पूर्ण फिल्म अपलोड भएको छैन भने यसको दृष्य पनि स्पष्ट छैन ।

चलचचित्रले अहीलेसम्म करोड भन्दा माथिको ब्यापार गरीसकेको पनि गिरीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>