अर्थ/बजारशुक्रबार, माघ १०, २०७०
माघमै फल्यो स्याउ (तस्वीरसहित)
चैत–बैशाखमा फूल खेलेर असारमा फल लाग्ने स्याउ माघ महीनामा नै फल्न थालेको हो । बागवानीमा रोपिएको लोचेलिङ जातको स्याउ मंसीरमै फूल खेलेर माघमै फल लागेको केन्द्रका प्राविधिक सहायक उपेन्द्र ठाकुरले बताए । उनका अनुसार गएको वर्ष पनि मंसीरमै फूलेर माघमा फल लागेको थियो ।

जिल्ला बागवानी केन्द्र फाप्लुमा रोपिएको माघ महीनामा नै फल लागेको लोचेलिङ जातको स्याउ । तस्वीरः बुद्धवीर बाहिङ/सोलुखुम्बु
जलवायु परिवर्तनका कारण यस्तो भएको हुनसक्ने केन्द्रका कर्मचारीको भनाइ छ । प्राविधिक सहायक ठाकुरले भने, “बेमौसममा स्याउमा फल लाग्नु भनेको जलवायु परिवर्तनका कारण हुनसक्छ ।”
बागवानी केन्द्र फाप्लुमा रोपिएका २५ बोट लोचेलिङ जातका स्याउमा फल लागेको छ । तर, त्यसरी फल लाग्ने स्याउ फागुन महीनामा नै झर्ने गर्छ । ठाकुरका अनुसार फेरी फल लाग्ने स्याउ मात्रै ठूलो हुने गर्छ ।

जिल्ला बागवानी केन्द्र फाप्लुमा रोपिएको माघ महीनामा नै फल लागेको लोचेलिङ जातको स्याउ । तस्वीरः बुद्धवीर बाहिङ सोलुखुम्बु
बुद्धवीर बाहिङ, सोलुखुम्बु
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
