अर्थ/बजारशुक्रबार, माघ १०, २०७०
१३५ किलोवाटको लघु जलविद्युत् बन्द
गुल्मीको वामीटक्सारमा संचालित आयोजना एक सातादेखि बन्द भएको हो । टरर्बाइनको फिता चुडिएपछि मर्मत् हुन नसक्दा आयोजना बन्द भएको आयोजनाले जनाएको छ ।
सहकारी संस्थाद्वारा संचालित १३५ किलोवाट क्षमताको लघु जलविद्युत् आयोजना बन्द हुँदा १ हजार ४०० घरधुरीलाई अप्ठ्यारो परेको छ । आयोजना बन्द हुँदा गुल्मीको वामीटक्सार, मुसिकोट, पौदीअमराई र अर्लाङ्गकोट गाविसका बासिन्दा अध्याँरोमा बस्न बाध्य छन् ।
टर्बाइन बनाउन अझै दुई साताभन्दा बढी समय लाग्ने आयोजनाका प्राविधिक दधिराम घिमिरेले जानकारी दिए ।
गगनशिला खड्का, गुल्मी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
