रमझमशनिबार, माघ ११, २०७०

‘भाग मिल्खा भाग’ लाई फ़िल्मफ़ेयर अवार्ड

हिमालखबर

भाग मिल्खा भागमा उतकृष्ट अभिनयका लागि फरहान अख्तरले फिल्मफेयर अवार्ड पाए ।

सन् २०१३ को फिल्म फेयर अवार्ड समारोहमा राकेश ओमप्रकाश मेहरा निर्देशित ‘भाग मिल्खा भाग’ ले सर्वश्रेष्ठ फिल्मसहित सबैभन्दा धेरै पुरस्कार जितेको छ ।

भारतीय धावक मिल्खा सिंहको जीवनमा आधारित यो फिल्मको निर्माण तथा निर्देशन राकेश ओमप्रकाश मेहराले गरेका हुन् । मेहराले यसै फिल्मका लागि सर्वश्रेष्ठ निर्देशकको पुरस्कार पनि हात पारे भने मिल्खाको अभिनय गर्ने फरहान अख्तरलाई सर्वश्रेष्ठ अभिनेताको पुरस्कार दिइयो ।

यसका साथै ‘रामलीला’ मा अभिनयका लागि दीपिका पादुकोण उत्कृष्ट अभिनेत्री घोषित भइन् । यसै फिल्ममा दीपिकाकी आमाको भूमिका निर्वाह गरेकी सुप्रिया पाठकलाई उत्कृष्ठ सह–अभिनेत्रीको पुरस्कारले सम्मान गरियो ।

उत्कृष्ठ सह–अभिनेताको पुरस्कार नवाजुद्दीन सिद्दकीले फिल्म ‘द लञ्च बक्स’ मा गरेको उत्कृष्ट अभिनयका लागि प्राप्त गरे ।

दीपिका पादुकोणले उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएकी छन् ।

संगीत
जीत गांगुली, मिथुन र अंकित तिवारीले फ़िल्म ‘आशिक़ी– २’ का लागि उत्कृष्ट संगीतकारको पुरस्कार प्राप्त गरे । यसै पुरस्कारका लागि शंकर, एहसान र एआर रहमानको जोडी पनि नोमिनेशनमा परेको थियो ।

त्यस्तै उत्कृष्ट पार्श्वगायकको पुरस्कार पुरुषतर्फ अरिजित सिंहलाई फ़िल्म ‘आशिक़ी–२’ को गीत ‘तुम ही हो’ तथा महिलातर्फ फ़िल्म ‘लुटेरा’ का लागि ‘सँवार लूँ’ की गायिका मोनाली ठाकुरलाई दिइयो ।

दक्षिण भारतीय सुपरस्टर धनुषलाई फिल्म ‘राँझणा’मा उत्कृष्ट अभिनयका लागि उत्कृष्ट डेब्यू अवार्ड प्रदान गरियो ।
सन् ६० को दशककी चर्चित अभिनेत्री तनुजा लाइफटाइम अचिभमेन्ट अवार्डले सम्मानित भइन् । तनुजालाई यो पुरस्कार अभिनेता अमिताभ बच्चनले प्रदान गरेका थिए ।

मुम्बईमा १० माघमा आयोजित कार्यक्रममा रणवीर सिंह, शाहिद कपूर, माधुरी दीक्षित र क्यटरिना केफले कार्यक्रम प्रस्तुत गरेका थिए ।

फिल्मफेयर पुरस्कार समारोह भारतीय फिल्म इतिहासको सबै भन्दा पुरानो र प्रमुख घटनामध्येको हो । यसको शुरुवात सन् १९५४ मा भएको थियो । पुरस्कार जनताको मत र ज्यूरीका सदस्यहरुको मतका आधारमा प्रत्येक वर्ष प्रदान गरिन्छ ।

फिल्मी पत्रिका ‘फिल्मफेयर’ ले यसको आयोजना गर्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>