समाचारशनिबार, माघ ११, २०७०

संविधानसभा अध्यक्ष सूर्यबहादुर थापा !

सन्त गाहा मगर

संविधानसभा सचिवालयको समेत काम गर्ने जिम्मेवारी पाएको संसद सचिवालयले आफ्नो वेभसाइट  www.can.gov.np मा पूर्व प्रधानमन्त्री समेत रहेका थापालाई संविधानसभा अध्यक्षको रुपमा प्रस्तुत गरेको हो ।

संविधानसभा अध्यक्ष चयन नहुँदासम्मका लागि ५७५ सभासद मध्ये सबैभन्दा जेठो सदस्यको हैसियतले थापाले ८ माघमा संविधानसभाको पहिलो बैठकको अध्यक्षता गरेका थिए । १५ जेठ २०६५ संविधानसभाको पहिलो बैठकको अध्यक्षता गरेका कुलबहादुर गुरुङलाई भने संसद सचिवालयले संविधानसभा अध्यक्ष भनेको थिएन ।

संविधानसभा अध्यक्ष वा सभामुख चयन हुनु भन्दा पहिला ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने कानुनी प्रावधान भए पनि बैठकको अध्यक्षता गर्नेलाई संविधानसभा अध्यक्ष भन्नुपर्ने व्यवस्था भने छैन । बैठकको अध्यक्ष गर्नेलाई संविधानसभा अध्यक्ष भन्ने हो उपसभामुख वा उपाध्यक्षलाई समेत संविधानसभा अध्यक्ष भन्नु पर्ने हुन्छ ।

संविधानसभाको पहिलो बैठकले ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सात सभासदको नाम अनुमोदन गरिसकेको छ । सूर्यबहादुर थापालाई संविधानसभा अध्यक्ष मान्ने हो भने बाँकी सात जनालाई पनि संविधानसभा अध्यक्ष भन्नै पर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>