खेलकुदमंगलबार, माघ १४, २०७०

विश्वकप छनौटमा नेपालको सान्त्वना जित

हिमालखबर

न्युजिल्याण्डमा १४ माघ बिहान भएको दोस्रो तथा अन्तिम प्लेअफ खेलमा नेपालले युगान्डालाई १६० रनले हराएको हो । युगान्डालाई हराउँदै नेपाल छनौट प्रतियोगितामा नवौं भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अन्तिम दुई बल बाँकी छँदा सबै विकेट गुमाउँदै २४० रन जोडेको थियो । नेपालका पृथु बास्कोटाले सर्वाधिक ५९ रनको योगदान गरे । शरद भेष्वाकर ४१, विनोद भण्डारी ३५, पारस खड्का ३०, प्रदीप ऐरी २३ र महेश क्षेत्रीले १९ रन जोडे । ज्ञानेन्द्र मल्लले ८, वसन्त रेग्मी ६, शक्ति गौचन ५, सागर पुन २ र सोमपाल कामीले एक रन बनाएका थिए ।

युगान्डालाई ८० रनमै अलआउट पार्ने क्रममा सागर पुनले ३, शक्ति गौचन तथा सोमपाल कामीले दुई–दुई र वसन्त रेग्मीले एक विकेट लिए । वान डे विश्वकप छनौट खेलमा नेपाल यसअघि यूएई, स्कटल्याण्ड, हङकङ, क्यानडा र नेदरल्याण्डससँग हारिसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>