अर्थ/बजारमंगलबार, माघ १४, २०७०

वीरगञ्जका होटलमा परिचयपत्र अनिवार्य

हिमालखबर

वीरगञ्ज घुम्ने योजनामा हुनुहुन्छ ? यदि वीरगञ्ज जाँदै हुनुहुन्छ भने आफूलाई चिनाउने परिचयपत्र पनि साथमै लैजान नबिर्सनु होला । किनभने जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जका होटलमा बस्ने ग्राहकको फोटो सहितको परिचयपत्र अनिवार्य गरेको छ ।

कार्यालयले होटलमा आउने ग्राहकको परिचयपत्र अनिवार्य रुपमा राख्न साथै होटलमा अनिवार्य रुपमा सीसीटीभी जडान गर्न पनि भनेको छ ।

कार्यालयले जारी गरेको निर्देशनमा होटलहरुले ग्राहकलाई तस्वीरसहितको परिचयपत्र र होटल तथा लजको रिसेप्सनमा सीसीटीभी जडान गर्नुपर्ने उल्लेख छ ।

वीरगञ्ज र आसपासमा भइरहेका हत्या, हिंसाका घटनामा संलग्न अपराधीहरु स्थानीइ होटलमै बस्ने गरेकोले यस्तो व्यवस्था गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

पर्साका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले वीरगञ्जमा संचालित होटल तथा लजलाई ग्राहकको परिचयपत्र र तस्वीर अनिवार्य गर्न भनिएको बताए ।

बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>