ब्लगबुधबार, माघ १५, २०७०
सेरुवामा एक बिहान (दश तस्वीर)
जाडोबाट बच्न बस्तीका मानिसहरु आँगन तथा सडक छेउँमा घुर ताप्दै गफिंदै थिए । घुर ताप्दै खाना खाईरहेका, घुरमा मकै भुटेर खाईरहेका उनीहरुमा अभावकाबीच पनि सन्तुष्टि र खुशी देख्न सकिन्थ्यो ।
केही बालबालिका स्कुल जान तयार थिए भने केही गुच्चा खेल्दै थिए । इनारमा पानी भर्न जाने महिला, साइकल चढेर काममा निस्केकाहरु, इनारबाट पानी झिक्दै गरेका महिलाहरु, थारु बस्तीका परेवा, दाउराको थुप्रो, परालको टौवाले वस्ती जीवन्त देखिन्थ्यो ।
आखिर हामी नेपालीहरु आफ्नै वरिपरी सन्तुष्टिको परिधि कोरेर रमाउन जो जानेका छौं ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
