रमझमबिहीबार, माघ १६, २०७०

माग्ने बूढालाई तक्मेको गुन

हिमालखबर

हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस) र केदार घिमिरे (माग्ने बूढो) को जोडी फुटेपछि धुर्मुस श्रीमती कुञ्जना घिमिरे (सुन्तली) लाई जोडी बनाएर कार्यक्रमहरुमा हिंड्न थाले, एक्लै परेका माग्ने बूढा स्टेजमा विरलै देखिन थाले।

यस्तो वेलामा आफैंले तक्मे बूढाको चरित्रमा जमाएको विल्सन बिक्रम राईले उनको उद्दार गरेका छन्। तक्मे बूढा अहिले देश–विदेश गर्ने नम्बर एक नेपाली हास्यकलाकारमा पर्छन्।

अहिले तिनै तक्मे बूढाले आफूलाई हिट बनाएको गुन तिर्न माग्ने बूढालाई जोडी बनाएका छन्। नभन्दै, दुई बूढाले पछिल्ला ८ महीनामा ५ महीना विदेशमै विताएका छन्। कतिपय कलाकारहरु भन्न थालेका छन्– चेलो होस् त तक्मे जस्तो!

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>