खेलकुदसोमबार, साउन २२, २०६९

लन्डन ओलम्पिकमा नेपालको प्रदर्शन

Sandesh Panta

तर खेल मैदानमा हुने प्रेसर्, अपर्याप्त तयारी र अन्तरराष्ट्रीय स्तरका खेलाडीहरुको कमीका बावजुद नेपाली खेलाडीहरु को यस प्रदर्शनलाई केहि सराहना भने अवश्य नै गर्नुपर्ने हुन्छ । नेपाली टोलीको प्रदर्शनको छोटो समिक्षा :

१३ साउन, शनिबार
महिला शूटिङको १० मिटर एयर राइफलमा सहभागी १९ वर्षिय स्नेह राणा छनौट चरणबाटै बहिरिइन् । ३८८ अंक सहित उनी सहभागी ५६ जना प्रतिस्पर्धी मध्ये ५४ औं स्थानमा आएकी थिइन् ।

१७ साउन, बुधवार
महिला पौडीको १०० मिटर फ्रीस्टाइलको हिटमा १७ वर्षिय श्रेया धितालले राष्ट्रीय किर्तिमान तोड्ने क्रममा एक मिनेट १० दश्मलब ८ सेकेन्ड मा लक्ष्य पुरा गर्दै सहभागी ५० मध्ये ४७ औँ स्थान प्राप्त गरिन् । २ जना प्रतिस्पर्धीले भाग लिएका थिएनन् ।

१८ साउन, बिहीवार
पुरुष पौडीको ५० मिटर फ्रीस्टाइलको हिटमा २३ वर्षिय प्रसिद्ध जङ्ग शाहले २७.०४ सेकेन्डको ब्यक्तिगत किर्तिमान तोड्दै २६.९३ सेकेन्डमा लक्ष्य पुरा गरे । ५८ खेलाडी मध्ये उनी ४७ औँ स्थानमा आएका थिए ।
दुबै नेपाली पौडीबाजहरु हिटमा प्रथम १६ भित्र पर्न असफल रहेकाले बाहिरिएका हुन् ।

१९ साउन, शुक्रबार
पिठ्युँको नशामा देखिएको समस्याका बावजुद इन्जेक्सन लगाएर भाग लिएकी २७ वर्षिय प्रमिला धितालले महिला १०० मिटर दौडको पहिलो राउन्ड १३.३३ सेकेन्डमा पुरा गरिन् । आफ्नो १२.६ सेकेन्डको ब्यक्तिगत किर्तिमान तोड्न भने असफल रहेकी प्रमिला सहभागी ३३ खेलाडी मध्ये २५ औँ स्थान प्राप्त गरिन् ।

२० साउन, शनिबार
पुरुष १०० मिटर दौड १९ वर्षिय तिलक राम थारुले ११ सेकेन्डको ब्यक्तिगत प्रदर्शनमा सुधार ल्याउँदै १०.८५ सेकेन्डमा पुरा गरे । २९ प्रतिस्पर्धी मध्ये १३ औँ स्थान हात परेका थिए ।
दुबै नेपाली धावकहरु पहिलो राउन्डमा प्रथम दश भित्र पर्न असफल रहेकाले बाहिरिएका हुन् ।

फेल्प्सको ओलम्पिक करीयरमा अन्तिम प्रतिस्पर्धा
प्रख्यात अमेरिकी पौडीबाज माइकल फेल्प्सले ओलम्पिकमा अन्तिम पटक भाग लिँए । १२ वर्ष अघि सिड्नी ओलम्पिक्समा पहिलो पटक भाग लिएका फेल्प्सको नाममा किर्तिमानी १८ स्वर्ण सहित २२ पदक छ ।

ओलम्पिकको एकल इभेन्टमा सबै भन्दा बढी स्वर्ण जित्ने किर्तिमान पनि फेल्प्सको नाममा रहेको छ । उनले २००८ को बेइजिङ ओलम्पिक्समा आठ स्वर्ण जितेका थिए जुन एउटै ओलम्पिक्समा एकै खेलाडीले जितेको सबै भन्दा बढी स्वर्ण पदक हो ।

पिस्टोरियसले बनाए इतिहास
दक्षिण अफ्रीकी धावक ओस्कर पिस्टोरियस दुबै खुट्टा बिना ओलम्पिकमा प्रतिस्पर्धा गर्ने पहिलो खेलाडी बनेका छन् । २५ वर्षिय धावकले ४०० मिटरको हिटमा भाग लिने क्रममा इतिहास बनाएका हुन् । ‘ब्लेड रनर’ र ‘खुट्टा नभएको सबैभन्दा छिटो मानिस’ को उपनाम पाएका उनले ४५ दश्मलब ४४ सेकेन्डमा दौड पुरा गर्दै आफ्नो हिटमा दोस्रो र समग्रमा १६ औँ हुँदै आइतबार भएको सेमीफाइनलमा छनौट भएका थिए । सेमीफाइनलको तेस्रो हिटमा भने उनी ४६.५४ सेकेन्डमा लक्ष्य पुरा गर्दै आठौँ बनेपछि इभेन्टबाट बाहिरिए ।

११ वर्षको उमेरमै दुबै खुट्टा गुमाएका उनले कार्बोन फाइबरको ब्लेड लगाएर दौडिने गर्छन् । दौड पुरा गरेपछी भावुक बनेका उनले भने : ‘एकदमै नर्भस भएको थिएँ । दौड अघि रुने या हाँस्ने हो भन्ने दोधारमा थिएँ । सबै दर्शकलाई सपोर्टको लगि धेरै धन्यबाद ।’ उनले ४ गुना ४०० मिटरको प्रतिस्पर्धामा पनि सहभागिता जनाउनेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...