रमझमशुक्रबार, माघ १७, २०७०
एक नम्बरमा एञ्जेलिना, ऐश्वर्या चौथो
४० वर्ष पुग्दा पनि बलिउडका अन्य अभिनेत्री भन्दा ऐश्वर्या राय बच्चनलाई मन पराउनेहरुको संख्या निकै धेरै छ ।
हिलउड बज नामको वेबसाइटले गरेको सर्वेक्षणमा अमेरिकी अभिनेत्री एञ्जेलिना जोली संसारका सुन्दर महिलाहरुमध्ये पहिलो नम्बरमा छन भने भारतीय अभिनेत्री ऐश्वर्या चौथो नम्बरमा परेकी छन् ।
बजको लिष्टमा परेका अन्य भारतीय अभिनेत्रीमा दीपिका पादुकोण २९ औं स्थानमा छन् । विश्वका ४० लाख व्यक्तिहरुको मतका आधारमा यो लिष्ट तयार पारेको हलिउड बज़ले दाबी गरेको छ ।
बजका अनुसार विश्वका सुन्दरतम् महिलाहरुमध्ये दोस्रोमा केट अप्टन र तेस्रोमा मोनिका बेलुची रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
