ब्लगशुक्रबार, माघ १७, २०७०
टुँडिखेलमा सोनाम लोछार (नौ तस्वीर)
‘लो’को अर्थ वर्ष तथा ‘छार’ को अर्थ नयाँ वर्ष हो । सोनाम लोछारका अवसरमा एकापसमा शुभकामना आदान प्रदान तथा खुसियाली साटासाट गर्ने प्रचलन छ । तामाङ समुदायमा १२ जीवजन्तुलाई आधार मानेर त्यसै अनुसार नयाँ वर्षको नामाकरण गरिन्छ । यसवर्ष घोडा वर्ष परेको छ । ल्हो चक्रमा नै जन्मदेखि मृत्यु हुँदासम्मका विभिन्न संस्कार गरिन्छ ।
मञ्जुश्रीले चन्द्र पात्रोको विकास गरी त्यसलाई धर्मदेशनाका रूपमा बाहिर ल्याउने कार्य गरेको स्मरणमा सो पर्व मनाउने गरिएको जनविश्वास रहेको नेपाल तामाङ घेदुङ्का महासचिव कुमार ब्लोनले जानकारी दिए । घेदुङ्ले लोछारको अवसरमा टुँडिखेलमा अघिल्लो दिनदेखि नै विधिविधानअनुसार विभिन्न पूजा पाठ तथा दीपावली (मलाम) गरी नयाँ वर्षका दिन विभिन्न सांस्कृतिक वेशभूषासहितको र्याली निकालेर विशेष कार्यक्रमको आयोजना गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
