अर्थ/बजारआइतबार, माघ १९, २०७०
नौ अध्यादेश संसदमा पेश
सरकारले अनुमोदनका लागि विभिन्न नौ अध्यादेश संसदमा पेश गरेको हो । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले १९ माघमा बसेको संसद बैठकमा अध्यादेश पेश गरेका छन् ।
मन्त्री कोइरालाले आर्थिक अध्यादेश २०७०, राष्ट्र ऋण उठाउने अध्यादेश २०७०, सेवा र कार्यहरुका लागि सञ्चित कोषबाट रकम झिक्ने र खर्च गर्ने अधिकारको व्यवस्था गर्ने अध्यादेश २०७०, कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण तथा जफत) अध्यादेश २०७० र विनियोजन अध्यादेश २०७० संसदमा पेश गरेका हुन् ।
यस्तै, १९ माघकै संसद बैठकमा उनलेसेवा र कार्यहरुका लागि सञ्चित कोषबाट रकम झिक्ने र खर्च गर्ने अधिकारको व्यवस्था गर्ने अध्यादेश २०६९, विनियोजन अध्यादेश २०६९, आर्थिक अध्यादेश २०६९ र राष्ट्र ऋण उठाउने अध्यादेश २०६९ पनि पेश गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
