रमझमआइतबार, माघ १९, २०७०

फेरि ‘बहुला काजीको सपना’

Rishiram Kattel

नाट्यकर्मी कृष्ण शाह ‘यात्री’को परिकल्पना तथा निर्देशनमा ‘बहुला काजीको सपना’ मञ्चन भइरहेको हो । कालिकास्थानस्थित सर्वनाम नाटकघरमा १७ माघदेखि मञ्चन भइरहेको नाटक फागुन पहिलो सातासम्म चल्नेछ ।

विजय मल्लले ६६ वर्ष अघि लेखेको ‘बहुला काजीको सपना’भित्र तत्कालीन समयमा चरम गरिबी र अभावका बिच पनि शिक्षाको उज्यालो फैलाउन चाहने एक क्रान्तिकारी पात्रको सपनालाई दर्शाइएको छ । शहरमा भरियाको काम गरी बल्लतल्ल एक छाक खान पुग्ने भक्ते र माने जस्ता प्रतिनिधी पात्रले आफ्ना सन्तानलाई पढाउने हौसला ‘बहुला काजी’ नामका पात्रबाट पाउँछन् ।

बहुलाकाजीको सल्लाहले बालक वीरबहादुरले पढ्न थाल्छ । पढाइमा ऊ अब्बल भएर देखा पर्छ । सबैको आशाको केन्द्र बन्छ । उसले पनि नयाँ सपना देख्न थाल्छ । तर, एक सामान्य ज्वरोमा समेत पैसाको अभावमा उपचार नपाई वीरबहादुर थला परेपछि उज्याला सपनाहरु कसरी टुट्छन् र भताभुङ्ग हुन्छन् भन्ने कुरा थाहा पाउन भने यो वियोगान्त नाटक हेर्नै पर्ने हुन्छ । रंगमञ्च र अभिनयमा लामो अनुभव सँगालेका कलाकारहरुको प्रमुख अभिनय रहेको यस नाटक हेरेपछि धेरै दर्शकहरुको आँखा रसाउने गर्छ ।

यात्रीको निर्देशनमा ‘बहुला काजीको सपना’ पहिलोपटक २०४९ सालमा मञ्चन भएको थियो । अहिले सर्वनाममा मञ्चन भइरहेको यस नाटकमा विष्णुभक्त फुयाल, काजी रम्तेल, अशोक शिवाकोटी, लक्ष्मण पौडेल, अवतार कँडेल, अर्चन राई, स्वर्णिम थापा, जीवन विलास पाण्डे, अजय रेग्मी, पिटर प्रिन्स, सुदीप खतिवडा लगायतले अभिनय गरेका छन् । नाटक ज्योतिपुञ्ज साइन थिएटरले प्रस्तुत गरेको हो ।

तस्वीरः ऋषिराम कट्टेल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>