समाचारसोमबार, माघ २०, २०७०

एमाओवादीसँग तत्काल एकता असंभवः वैद्य

senchhelung

नेकपा–माओवादीको पोलिटब्यूरो बैठकले तत्कालै एमाओवादीसँग एकता संभव नभएको निष्कर्ष निकालेको हो । राजधानीमा सम्पन्न चारदिने पोलिटब्यूरो बैठकको निर्णय सुनाउन २० माघमा आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष मोहन वैद्यले भने, “हेटौंडा महाधिवेशनले लिएको कार्यदिशा र निर्णय सच्याएर एमाओवादी आएमा एकताको संभावना रहे पनि तत्काल त्यो संभव छैन ।”

उनले पार्टी एकताका लागि हेटौडा महाधिवेशनले लिएको कार्यदिशासहित विगतका कमिकमजोरी सच्याएर एमाओवादी आउनुपर्ने बताए । तर, उनले एमाओवादीले भने जसरी त्यो तत्कालै संभव नरहेको प्रष्ट पारे ।

नेकपा–माओवादीले नयाँ राष्ट्रिय सहमति निर्माणका लागि सर्ववपक्षीय राजनीतिक सभाको गठन गर्नुपर्नेमा जोड दिएको छ । वैद्यले भने, “सर्वपक्षीय राजनीतिक सभा गठन गरेर निकास निकाल्नुपर्नेमा पार्टी दृढ छ ।”

उनले सशस्त्र युद्धबाट आएको हिस्सालाई बाहिर राखेर द्वन्द्व समाधान नहुने जिकिर गरे । “मुलुकमा द्वन्द्व समाधान गर्ने हो भने जनयुद्वबाट आएको हिस्सालाई पनि साथ लिएर अघि बढ्नुपर्छ,” उनले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>