अर्थ/बजारसोमबार, माघ २०, २०७०
टेलिकमको सेवामा आधा छुट
टेलिकमको सिमकार्ड प्रयोगकर्तालाई खुशीको खबर छ । टेलिकमले आफ्नो सिमकार्ड प्रयोगकर्तालाई महशुल दरमा आधा छुट दिँदैछ ।
टेलिकमले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा यस्तो छुट दिन लागेको हो । टेलिकमले २० माघमा विज्ञप्ति निकालेर भनेको छ, “कम्पनीको जीएसएम तथा सीडीएमए (पोष्टपेड प्रिपेड) सेवा मार्फत् कम्पनीकै नेटवर्कभित्रको कलमा ५० प्रतिशत छुट उपलब्ध छ ।”
टेलिकमले यो सुविधा तीन दिनका लागि सेवाग्राहीलाई दिएको हो । टेलिकमका सहप्रवक्ता राजेश जोशीले २१ माघदेखि २३ माघसम्म विद्यमान महसुल दरमा ५० प्रतिशत छुट दिइएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
