थप समाचारमंगलबार, माघ २१, २०७०

डिन नियुक्त नगरे फेरि आन्दोलनः केसी

हिमालखबर

त्रिवि पदाधिकारीमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने लगायत सातबुंदे मागसहित प्राडा गोबिन्द केसी १४ दिनसम्म अन्नपानी त्याग गरी सत्याग्रहमा बसेपछि  केसीका माग पूरा गर्न सरकार बाध्य भएको थियो  भने  तत्कालिन डिन शशी शर्मा बर्खास्त गरिएका थिए । तर, बरिष्ठताका आधारमा अर्को डिन तुरुन्तै नियुक्ति गर्नुपर्ने भन्ने केसीको माग र सो अनुसारको मन्त्रिपरिषदको निर्देशनसमेत लत्याउँदै त्रिविले डिन नियुक्तिको प्रक्रिया अझै अघि बढाएको छैन ।

“सहकुलपति (शिक्षामन्त्री) को निर्देशन, चिकित्साक्षेत्रका सबै सरोकारवालाहरुको माग हुँदा हुँदै पनि त्रिवि पदाधिकारीहरुले डिन नियुक्तिको प्रक्रिया शुरु गरेका छैनन्,” डा केसीले भने, “अहिले छलफलमै छु , डिन नियुक्ति नभए फेरि अनशन शुरु गर्छु ।”

त्रिविमा मेडिकल माफिया र भ्रष्टाचारीहरुको पकड कति धेरै रहेछ भन्ने फेरि पुष्टि भएको केसीले बताए ।

‘सहकुलपतिको पत्रको अर्थ छैन’
डिन नियुक्तिका सम्बन्धमा प्रगतिविवरण पेस गर्न सह–कुलपति समेत रहेका शिक्षामन्त्री माधव पौडेलले विश्वविद्यालय प्रशासनलाई निर्देशन दिएका छन्।

१५ माघमा मन्त्रिपरिषद्को बैठकले डिन नियुक्ति प्रक्रिया अघि बढाउन निर्देशन दिए पनि त्रिविले प्रक्रिया आरम्भ नगरेकोले पौडेलले अर्को निर्देशन दिएका हुन् ।

विश्वविद्यालयका रजिष्ट्रार चन्द्रमणि पौडेलले भने सहकुलपतिले पठाएको पत्रको कुनै अर्थ नहुने बताएको समाचार अन्नपूर्ण पोष्टले प्रकाशित गरेको छ ।

“डिन नियुक्ति गर्ने विषय विश्वविद्यालयको हो। पत्र पठाउँदैमा डिन नियुक्ति गर्नुपर्ने नियममा कतै लेखेको छैन। यो हाम्रो आन्तरिक मामिला हो,” उनले भने।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>