Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
हँसाउने नाममा देखाउने होड - Himalkhabar.com

रमझममंगलबार, साउन २३, २०६९

हँसाउने नाममा देखाउने होड

Rishiram Kattel

सधंै टेलिभिजनको पर्दामा छाउने कलाकारमध्ये एकथरी ‘रुस्लान तितेजिरे मेरी बास्सै गाईजात्रा महोत्सव २०६९’ मार्फत नेपाल प्रज्ञा प्रतिष्ठानको मञ्चमा छन् भने अर्काथरी कलाकार ‘हाजमोला झ्याइँकुटी मेरी बास्सै जय होस् गाईजात्रा महोत्सव २०६९’ को नामले राष्ट्रिय सभागृहमा प्रहशनमा व्यस्त छन् ।

प्रत्येक वर्ष गाईजात्राको अवसर सदुपयोग गर्दै दर्शकलाई प्रत्यक्ष रुपमा पेट मिचिमिची हँसाउने कलाकारहरुले अर्धनग्न प्रस्तुतिलाई दर्शक तान्ने फर्मुला बनाएका छन् । राजनीतिक–सामाजिक विकृति विसंगतिलाई हाँस्यव्यंग्यको माध्यमबाट दर्शकमा हाँसोको फोहोरा छुटाउनु पर्नेमा नांगिएर दर्शक तान्न सकिन्छ भन्ने मानसिकताबाट धेरैजसो कलाकार अभिप्रेरित भएको देखिन्छ । तर प्रस्तुतीहरु सवै नराम्रा नै भन्ने चाही हैन ।

दीपकराज गिरीदेखि शिवहरि पौडेल, केदार घिमिरे, सीताराम कट्टेलसम्मले आ–आफ्ना प्रहसनमा महिला कलाकारलाई अंग प्रदर्शन गराएका छन् । तितोसत्यबाट दीपकराज गिरीको समूहले गरेको प्रहशन गिद्धैगिद्धको शहर मा दिपाश्री निरौलालाई रेखा थापाको पात्र बनाएर अर्धनग्न बनाएर उतारिएको छ । यस्तै जिरेखुर्सानी समूहबाट शिवहरि पौडेलको समूहले रेडलाइट नामक प्रहशनमा निरु खड्कालाई निकै कामुक÷अर्घनग्न बनाएर उतारेको छ ।

यता मेरी बास्सैको तर्फबाट सीताराम कट्टेलको समूहबाट रेस्लिङ प्रहसनमा कुन्जना घिमिरे मात्र हैन पल्पसा डंगोललाई अर्धनग्न रुपमा स्टेजमा उतारिएको छ ।
सभागृहको झ्याइँकुटी मेरी बास्सै जयहोस् गाईजात्रा केदार घिमिरे (माग्ने बुढा) समूहको भेटनरी क्लिनिक नामक प्रहशनमा सुनिता गौतमलाई हाफपेन्टमा उतारिएको छ । त्यो हेर्दा दर्शक तान्ने फर्मुला भन्दा अरु केही लाग्दैन । नृत्यकलाकार हरिसा बानियाले आफ्नो नृत्य कौशल राम्रै देखाए गाईजात्रा हेर्दै गर्दा पनि डान्स रेष्टुरेन्टभित्र पसेको आभाष मिल्छ । गाईजात्रे प्रहसनमा अश्लिल र दुईवटा अर्थ लाग्ने संवाद तथा हाउभाउले गर्दा स्वस्थ हाँस्यव्यंग्यको स्वाद कमै मात्र पाइन्छ । यो गाईजात्रामा कलाकारको भीड देखिए पनि धेरै जसाको प्रस्तुतिले दर्शक तान्न सकेका छैनन् ।

वर्षौंदेखि खेम शर्माको हल्लिएको भुँडी हेरेर वाक्क भएका दर्शकलाई यो वर्ष पनि त्यो भुँडी हल्लाउने कला जबरजस्ती कोच्याउन खोजिएको छ । त्यसमा नयाँपन केही छैन । मेरी बास्सै समूहका केदार घिमिरे (माग्ने बुढा) समूहको भेटनरी क्लिनिक नामक प्रहशनले भने दर्शकलाई अनवरत हसाएकोे छ । भेटनरी क्लिनिकलाई सभागृहमा जारी गाईजात्रामध्ये उत्कृष्ट मान्न सकिन्छ, विषयवस्तु उठानका हिसाबले । शिवशंकर रिजाल र सुरेन्द्र केशीले पनि गब्बर र कालिया नामक प्रहशन मार्फत दर्शकलाई हँसाएका छन् ।

तितेजिरे मेरी बास्सै गाईजात्रामा दीपकराज गिरीको समूहले गरेको प्रहशन गिद्धैगिद्धको शहर, जीतु नेपाल समूहको अपरेसन थियटर दमदार विषय, प्रस्तुतिका कारण सर्वोकृष्ट छन् भने शिवहरि पौडेलको समूहले भने रेडलाइट, सीताराम कट्टेलको समूहबाट रेस्लिङ नामक प्रहसनले दर्शकलाई पेट मिचीमिची हसाउँछन् । तितेजिरे मेरी बास्सै गाईजात्रा सबैजसो प्रस्तुति उत्कृष्ट छन् ।
सैलेन्द्र सिंखडाको कविताले दर्शक तानेको छ । मनोज गजुरेलको उद्घोषण तथा क्यारिकेचरले दर्शकलाई पेट मिचेर हाँस्न सघाउँछ । उनले चिनियाँ कलाकार बनेर दर्शकलाई मनोरन्जन दिएका छन् । तितेजिरे मेरी बास्सै गाईजात्रा आयोजक संस्था ओरियन्टल इभेन्टस् प्रालिका प्रबन्ध निर्देशक प्रकाश पुडासैनीले भने विगत वर्षका तुलनामा हँसाउने कलाकारको स्तर र प्रहशनको विषयवस्तु उत्कृष्ट भएको दावी गरेका छन् ।

कलाकारले नेता, प्रधानमन्त्री, पूर्वसभासद्देखि चलचित्रमा झांगिएको नांगिने प्रवृत्तिलाई तारो बनाएका छन् । जनताले संविधान नपाएको विषयलाई धेरै कलाकारको प्रस्तुतिमा समेटिएको छ । प्रधानमन्त्री डा.बाबुराम भट्टराईदेखि अर्काकी श्रीमती लिएर फरार प्रचण्डपुत्र प्रकाश विषयलाई यसपटकको गाईजात्रामा ठूलै ठाउँ दिइएको छ । १८ साउनबाट शुरु भएर तितेजिरे भदौ २ सम्म चल्नेछ भने झ्याँइकुटी मेरी बास्सै साउन २७ मा सकिंदैछ ।

तस्बीरहरुः ऋषिराम कट्टेल/हिमालखबर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>