रमझममंगलबार, माघ २१, २०७०
शाहिद-सोनाक्षीबीच खिचडी पाक्दै !
एकातिर शाहिद कपुर अहिले नै बिहेका लागि मुड नभएको बताउँछन् भने अर्कोतिर आफ्नी को–स्टार सोनाक्षी सिन्हासँग उत्तिकै नजिक पनि देखिन्छन् ।
यद्यपी सोनाक्षी र शाहिदले आफ्नाबीच रोमान्सको खबर गलत भएको बताइरहे पनि टेलिभिजन शो ‘कफी विद करन’ मा सोनाक्षी सिन्हाले उक्त कार्यक्रममा शाहिद बिना एक्लै नजाने भनेको विषय अहिले भारतीय मिडियामा चर्चामा छ । त्यसपछि दुवैलाई करणले आफ्ना पाहुना बनाएका थिए ।
यि दुवैलाई एउटा अवार्ड कार्यक्रममा पनि सँगै देखिएको थियो । सोनाक्षी शाहिदको प्रस्तुती पुरा नहुँदासम्म कार्यक्रममा बसिरहिन् ।
फिल्म ‘आर राजकुमार’ मा यो जोडी प्रशंसित भयो र बक्स अफिसमा पनि राम्रै कमाइ ग¥यो । अहिले दुवैबीच खिचडी पाकिरहेको समाचारले सञ्चारमाध्यमहरुमा महत्व पाइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>