अर्थ/बजारमंगलबार, माघ २१, २०७०
एनसीसी बैंक राष्ट्र बैंकद्वारा ‘टेकओभर’
राष्ट्र बैंकको २१ माघ विहान बसेको बोर्ड बैठकले एनसीसीको तत्कालिन सञ्चालक समिति निलम्बन गरी राष्ट्र बैंकका प्रतिनिधिमार्फत बैंक सञ्चालन गर्ने निर्णय गरेको छ ।
एनसीसी बैंकको सञ्चालक समितिमा रहेका दुई पक्षबीच तिब्र विवाद देखिएपछि निलम्बन गर्ने निर्णय गरेको राष्ट्र बैंकले जनाएको छ ।
सञ्चालक समितिमा रहेको दुई पक्षलाई मिल्न बारम्बार निर्देशन दिंदा पनि अटेर गरेपछि राष्ट्र बैंकले हस्तक्षेप गरेको हो । बैंकको व्यवस्थापन भने अहिलेकै व्यक्तिहरुबाट सञ्चालन हुनेछ ।
राष्ट्र बैंकले निर्देशक लक्ष्मी प्रपन्न निरौलाको संयोजकत्वमा तीन सदस्यी टोली एनसीसीमा पठाउने निर्णय गरेको छ । निर्देशक निरौलाको टोलीमा उपनिर्देशक रमेश आचार्य र सहायक निर्देशक रेशम राज रेग्मी रहेका छन् ।
राष्ट्र बैंकको टोलीले २२ माघबाट जिम्मेवारी सम्हाल्ने छ । टोलीलाई छ महिनाभित्र नयाँ सञ्चालक समितिको निर्वाचन गराउने र २०७१ असार मसान्त भित्र तोकिएको (दुई अर्ब) चुक्तापूँजी पुर्याउने अख्तियारी दिइएको छ ।
चुक्ता पूँजी पुर्याउन हालका शेयरधनीले थप लगानी नगरे मर्ज गर्ने वा अन्य विकल्प खोज्ने अख्तियारी पनि राष्ट्र बैंकको टोलीलाई दिइएको छ ।
सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एनबी समूह पक्ष र निर्मल प्रधान पक्षबीच तीब्र विवाद भएपछि गत १५ कात्तिकपछि सञ्चालक समितिको बैठक बसेको छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
