Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
'समृद्धिका लागि वातावरण र स्थिरता जरुरी छ’ - Himalkhabar.com

अन्तर्वार्ता/विचारमंगलबार, माघ २१, २०७०

‘समृद्धिका लागि वातावरण र स्थिरता जरुरी छ’

हिमालखबर

‘लमजुङ महोत्सव’मा सहभागी हुन लमजुङ पुगेका गैर–आवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष
शेष घले
सँग युवराज श्रेष्ठले हिमालखबरका लागि गरेको कुराकानीः

एनआरएन अध्यक्षमा चुनिए पछि के–के काम गर्नुभयो ?
चार–पाँच वटा दीर्घकालिन योजना बनाएका छौं । नेपालमा आफ्नै सीप र पूँजी ल्याउने, वैदेशिक लगानी भित्र्याउन प्रयत्न गर्ने, लगानीको वातावरण बनाउन सरकारलाई आग्रह गर्ने, सामाजिक कार्यलाई निरन्तरता दिने जस्ता कामहरु गरिरहेका छौं । नेपालमा पर्यटन प्रवद्र्धनका लागि विदेशमा प्रचार पनि गरिरहेका छौं ।

मलेसिया र खाडी मुलुकमा रोजगारका लागि गएका धेरै नेपाली युवा समस्यामा परेका छन् । उनीहरुको उद्धारका लागि कल्याणकारी कोष स्थापना गरेका छौँ । कोषमा अहिलेसम्म दुई अर्ब रुपैयाँ जम्मा भईसकेको छ । एनआरएन कार्यालय काडमाडौँमा बनाउन दश करोड बराबरको भवन योजना भएको छ ।

एनआरएनले कामभन्दा बढी कुरा गर्छ भनिन्छ नी ?
एनआरएनले नेपालमा लगानी गरिरहेका छन् । अन्य लगानीकर्ताहरु पनि मौका पर्खेर बेसेका छन् । म आफैंले काठमाडौँमा होटल र लमजुङमा ४९ मेगावाटको अपर दोर्दी जलविद्युत आयोजनामा लगानी गरिरहेको छु । तर, नेपालमा अझै पनि ढुक्क भएर लगानी गर्न सक्ने अवस्था छैन ।

गैरआवासीय नेपालीले आफ्नो देशका लागि भनेर पनि लगानी गरिरहेका छन् । अन्य देशमा लगानीका थुप्रै अवसर हुँदाहुँदै पनि नेपालमै लगानी गर्न चाहनेहरुका लागि उपयुक्त वातावरण नहुनु दुःखद कुरा हो । लगानीमैत्री वातावरण हुने हो भने नेपालको समृद्धि र विकासमा समस्या पर्दैन ।

अब नेपालमा गैरआवासीय र बैदेशिक दुवै खालको लगानी भित्र्याएर आर्थिक क्रान्ति गर्न जरुरी छ । हामी त नेपाली नै भएकाले आइरहेका छौं, तर बैदेशिक लगानीकर्ताका लागि मैत्रीपूर्ण वातावरणको खाँचो छ ।

लगानीमैत्री वातावरण भनेको कस्तो हो ?

सरकारका कतिपय नीतिहरु नै विरोधाभाषपूर्ण छन् । अहिलेको नीतिले वैदेशिक लगानी भित्र्याउन सकिँदैन । सरकारका नीति–नियमका कारण आएका लगानीकर्तामा पनि निराशा देखिएको छ ।

देशभित्र रहेका उद्यमीलाई त कुनै नयाँ काम गर्नुपर्‍यो भने अनेक झञ्झट बेहोर्नुपर्ने अवस्था छ भने एनआरएन र वैदेशिक लगानीमा पनि त्यस्तै छ । मुख्य कुरा रुल अफ रेगुलेसन हुनुपर्‍यो, लगानीका लागि पोलिसी नै चेन्ज गर्नुपर्छ । अन्य देशले लगानीका लागि स्वागत गरिरहेका बेला विदेशीहरु जोखिम मोल्न नेपाल आउँदैनन् । नेपालका नीति–नियम सरकारी कार्यालयका कर्मचारीको मानसिकतामा भर पर्ने खालको छ, यसलाई परिवर्तन गर्नुपर्छ ।

एनआरएनले चाहेजसरी नेपालको समृद्धि कसरी हुनसक्छ ?

सरकारले लगानीमैत्री वातावरण बनाईदिने हो र राजनीतिक स्थिरता हुने हो भने हामीले देखेको समृद्ध नेपालको सपना पूरा हुन धेरै समय लाग्दैन । दुई अंकको आर्थिक वृद्धि हासिल भएमात्र रोजगारी र विकासका योजना अघि बढाउन सकिन्छ । नेपालको आर्थिक वृद्धि र रोजगारीका लागि पनि लगानी आवश्यक छ ।

अहिले बैदेशिक रोजगारमा जाने युवाहरुको भिड छ, यसलाई रोक्नुपर्छ । युवाहरुलाई उद्यम सिकाएर विदेश गएर फर्केका युवालाई स्वदेशमै रोक्न हामीले पनि पहल गरिरहेका छौँ ।

तपाईकै गृहजिल्ला लमजुङमा लगानी गर्ने योजना छ कि ?
म लमजुङमा जन्मेको, हुर्केको र प्रारम्भिक शिक्षा पनि यहीँ लिएको हुँ । लमजुङको विकासमा यहाँकै स्थानीयहरु लाग्नुपर्छ । अहिले मेरै अध्यक्षतामा लमजुङको दोर्दीखोला जलविद्युत आयोजना बनाउँदैछौँ । यो आयोजना सफल भयो भने अन्य योजनामा सोचौँला । लमजुङमा दुई–तीन हजार मेगावाट हाईड्रोपावरको संभावना छ भन्ने मलाई थाहा थिएन । जिल्ला छाडेको ३०–३५ बर्ष पछि मात्र लमजुङ आएँ । यहाँको जलविद्युत, पर्यटन, कृषि, उद्योग र जडिबुटीका संभावनाहरु मैले बल्ल थाहा पाएँ । यहाँका युवा उद्यमीहरुको उत्साह देखेर खुशी लागेको छ । लमजुङमा अहिले धेरै जलविद्युत लगायतका क्षेत्रमा लागनी आईराखेको रहेछ, त्यसलाई सफल पार्न सहयोग गर्नुहोस्, त्यसपछि रोजगारीका अवसर मिल्नुका साथै अन्य योजनाहरु पनि आउनेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>