रमझमबुधबार, माघ २२, २०७०
राजेश हमालको गफ
नाटक ‘कोर्ट मार्सल’ मा उम्दा अभिनय गरेर संचारकर्मीलाई केही समय प्रश्नका लागि नयाँ विषय दिएका राजेश हमाल अब पुरानै अवस्थामा पुगेका छन्। अर्थात्, अब संचारकर्मीले उनलाई भेट्यो कि ‘बिहे कहिले’ भनेर सोध्न थालेका छन्।
वर्षौं पुरानो यो प्रश्नमा उनले जहिल्यै ‘आउँदो मंसीरमा’ भन्ने गरेका थिए। तर, गत कात्तिकदेखि मंसीर आधा–आधीसम्म नाटक चलेको र यसको प्रभाव पनि गतिलै रहेकाले पुस आधा–आधीसम्म पत्रकार त्यसैमा अल्मलिए। त्यसपछिको समयमा एक जनाले त्यो प्रश्न गर्दा राजेशले ‘आगामी माघ’ भनेका थिए।
राजेशकी दुलहीको रुपमा मधु भट्टराईलाई बुझ्ने/बुझाउने गरिएको थियो। माघ पनि आधा सकिएकोले अब उनले ‘आगामी फागुनमा’ भन्ने छन्। राजेशको बिहेको फण्डालाई पनि उनले फिल्म ‘डाइरेक्सन’ गर्ने यसअघिको किस्सालाई जस्तै बिर्सिदिंदा नेपाली फिल्म उद्योगलाई के घाटा होला?
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>