थप समाचारमंगलबार, माघ २१, २०७०

वर्षेनी ३६ हजार नेपालीलाई क्यान्सर

हिमालखबर

स्वास्थ्य संगठनको तथ्यांकले नेपालमा हरेक वर्ष करिब ३६ हजार क्यान्सरका नयाँ बिरामी देखिने गरेको छ । नेपालमा प्रति १ लाख १२० जनालाई क्यान्सर लाग्ने गरेको पछिल्लो तथ्यांकमा उल्लेख छ ।

तर, नेपालमा ८ हजार आठ सय जना नयाँ बिरामीले मात्र गएको एक वर्षमा उपचार गरेका छन् । चितवनस्थित क्यान्सर अस्पतालका क्यान्सर रोग नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख किशोरकुमार प्रधानाङ्गले न्यून मात्रामा मात्र क्यान्सरका बिरामी उपचारका लागि आउने बताए ।

उनका अनुसार सबैभन्दा बढी चितवनको क्यान्सर अस्पतालमा ४ हजार पाँच सय नयाँ बिरामीले उपचार गराएका छन् । यस्तै, वीर अस्पताल, कान्ति, शिक्षण अस्पताल, पोखरा, धरानका विभिन्न अस्पतालमा गरी करिब साढे चार हजार बिरामीले उपचार गर्ने गरेका छन् ।

क्यान्सर भएका बिरामीमध्ये सबैभन्दा बढी पाठेघर, त्यसपछि स्तन क्यान्सरका बिरामी फेला परेको चितवन क्यान्सर अस्पतालले जनाएको छ । क्यान्सर अस्पतालका चिकित्सक डा. अनिल कार्कीले उपचारका लागि आउने बिरामी पनि रोगले च्यापिसके पछि मात्र आउने गरेको बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>